काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान गर्नुभएको छ।
बिआरआइको तेस्रो सम्मेलनमा भाग लिन नेता खनाल एक साताको निम्ति चीन प्रस्थान गर्नुभएको हो। चीनका विदेश विभाग प्रमुखको निम्तोमा नेता खनाल आइतबार राती चीन प्रस्थान गर्नुभएको हो। आजभन्दा १० वर्ष पहिले चीनले अघि सारेको बिआरआरबोर सम्मेलनमा बृह्त छलफल हुने बताइएको छ।
नेता खनालले बिआरआइलाई विश्वव्यापी परियोजना भएको बताउनु भएको छ। नेता खनालले भन्नुभएकोछ, ‘अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने संस्थाका रुपमा स्थापना भएको बिआरआइ विकासको योजना, निर्माणको योजना हो। अहिलेसम्म विश्वका १५२ भन्दा बढि मुलुकले अपनाइ सकेका छन्।’
बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइं) को १० वार्षिकीमा विश्वका एक सय ५० भन्दा धेरै देशका अधिकारीहरूको उपस्थिति रहने छ। नेपालको तर्फबाट खासगरी एकीकृत समाजवादीको तर्फबाट नेता खनाललाई उक्त सम्मेलनमा भाग लिन निम्तो आएको थियो।
पत्रकार भेटघाटमा उहाँले उक्त सम्मेलनमा हुने निर्णय, ज्ञान, सीप, शिक्षा र र विकासका मोडलहरूलाई नेपालमा लागु हुने गरी फर्किने बताउनुभयो। नेपाल र चीनबीचको १६ सय वर्षे पुरानो सम्बन्धलाई थप बलियो बनाउन यो सम्मेलनले सहयोग पु¥याउने उहाँको विश्वास छ। नेपाल–चीनबीचको घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै बुद्ध सभ्यता, साँस्कृतिक इतिहास, नदीनालाबाट जोडिएको अन्तर सम्बन्धलाई थप मजबुद बनाउने बताउनुभयो।
सन् २०१७ मा बेल्ड एण्ड रोड इनिसिएटिभ प्रोजेक्टबारे नेपाल–चीनबीच सम्झौता भएपनि लागू गराउन नसकिएको नेता खनालले बताउनुभयो। अबको सम्मेलनबाट दुइ सरकारबीचको सम्बन्धलाई विकास गर्न र सो परियोजनाको कार्यान्वयनमा गराउन नेपाल सरकारलाई विशेष पहल गरिने बताउनुभयो। एक हप्ताको बसाईमा नेता खनालले चीन सरकारका प्रतिनिधिहरू र अन्तरपार्टीबीच भेटघाट तथा छलफल गरिने बताउनुभयो।