काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खपतवडाले समाजवादले मुलुकको सुन्दर भविष्य निर्माण गर्ने विश्वास दिलाउनु भएको छ।
यहि असोज १४ गते झापाको काँकरभिट्टादेखि सुरू भएको समाजवादी जागरण अभियानको अन्तीन दिन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उपमहासचिव खतिवडाले उक्त कुरा बताउनु भएको हो।
उहाँले भन्नुभयो, ‘समाजवादी जागरण अभियानको समापन सभा समाजवाद स्थापनाका निम्ति उद्घाटनको दिन पनि हो। जनताको घरघरमा पुगेर समाजवादको बारेमा बुझाउने, पार्टी निर्माण गर्ने, समाजलाई समाजवादतर्फ संक्रमण गराउने काम कर्णालीका कान्तिकारी समाजवादीहरूको हो। हामीले पहिलो पटक जनताका बीचमा आएर अबको यात्रा समाजवादको हो। सबै मिलेर यो यात्रा गरौं भनेका हौ।’
उपमहासचिव खतिवडाले भन्नुभयो, ‘समाजवाद मुलुकको भविष्य हो। हाम्रो सुन्दर सपना हो। जसलाई विपनामा बदल्न यो अभियान सुरु गरिएको हो। वर्गीय शोषणको अन्त्य गर्ने, जनताका समस्या र आवश्यकता पूरा गर्ने विचार धारा ने समाजवाद हो। पूाजीवादले यि जम्मै काम गर्दैन। पूँजीवाद आफै मात्र भन्छ। दलालहरूको फन्दा परेर अर्थनीति बनाउदा समाजवाद आउँदैन। विस्तारवाद र साम्राज्यवादको जालोलाई च्यात्ने भनेको समाजवादले मात्रै हो।’
उपमहासचिव खतिवडाले रोजगारी, सुशासन, समृद्धि र समाजिक न्याय स्थापनाका निम्ति सुरू गरिएको समाजवादी जागरण अभियान २०८० लाई सम्पन्न गर्न साथ सहयोग पुर्याउनु भएका आमजनता, मिडियाकर्मी, समाजका अगुवा, उद्योगी, व्यावसायी, व्यापारी सबैलाई धन्यवाद दिनुभएको छ।