काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सबै राजनीतिक दल उस्तै नभएको बताउदै बर्दीयाली जनतालाई असली पार्टीको पहिचान गर्न अनुरोध गर्नुभएको छ।
यहि असोज १४ गते झापाबाट सुरू गरिएको समाजवादी जागरण अभियानको १२औ दिन बर्दीयाको राजापुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उपमहासचिव खतिवडाले उक्त अनुरोध गर्नु भएको हो।
उपमहासचिव खतिवडाले भन्नुभयो, ‘राजापुरसँग पुरानो सम्बन्ध छ। २०४६ सालको आन्दोलन पछि २०४७ सालमा ५० दिने जनसाँस्कृतिक अभियानमा म राजापुर आएको थियो। त्यो बेला कोठिया घाटमा पुल थिएन। चप्पल हातमा समातेर नदीको जंघार तर्नु परेको थियो। तर, आज त्यो घाटमा निक्कै लामो र पक्कि पुल बनेको रहेछ। यस मानेमा म खुशी व्यक्त गर्न चाहान्छु। म आज बिहान यहाँका स्थानीय साथीहरूलाई भेटेको थिए।’
नेता खतिवडाले समाजवादी जागरण अभियान सफल पार्न र समावाद हासिल गर्नका निम्ति नेता जागेर मात्रै नहुने भन्दै जनता जाग्नुपर्ने धारणा राख्नु भएको छ।
उहाँले भन्नुभयो, ‘समाजवाद हासिल गर्नका निम्ति हामी जागेर मात्र हुँदैन। जनता पनि जाग्नुपर्छ। हामी उठाएका मुद्धामा सबै जनता सहमत हुनुपर्छ। आज मुलुकले भोगि रहेको समस्या भ्रष्टचार हो। यसका विरुद्ध जनता जाग्नुपर्छ। आफ्नो वडा, पालिका, नगरपालिका, जिल्ला, प्रदेशको व्यतिथिको अन्त्यका निम्ति स्वयं जनता लाग्नुपर्छ। हामीले बाटो देखाउने हो। हामीले भन्दिने हो। जनप्रतिनिधिहरूका नराम्रा कामका विरुद्ध बोल्ने काम स्थानीय जनताको हो।’
उपमहासचिव खतिवडाले बर्दीयाली जनताले पटकपटक मत परिर्वतन गरेको बताउँदै अब एक पटक कलम रोज्न अनुरोध गर्नु भएको छ। उपमहासचिव खतिवडाले बर्दीयाली जनताले पटकपटक मत परिर्वतन गरेको बताउँदै अब एक पटक कलम रोज्न अनुरोध गर्नु भएको छ। उहाँले भन्नुभयो, ‘हामी आगामी निर्वाचनमा एकीकृत समाजवादी कलम बोकेर एक्लै चुनावी मैदानमा आउँछ। आफ्नो गाउँ आफै बनाउने भन्ने कार्यक्रम, सामाजिक सुरक्षा वृद्धाभत्ताका कमाण्डर माधव कुमार नेपाल हो। उहाँको नेतृत्वमा रहेको यो पार्टीलाई जनताले एक पटक अवसर दिनुहोस्।’