पोखरा,बैशाख २५
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले देशमा दुई वटा मात्र गठबन्धन रहेको बताउनु भएको छ ।
पोखरामा आइतबार गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एउटा समाजवादी गठबन्धन र अर्को प्रतिक्रियावादी गठबन्धन रहेका बताउनु भएको हो ।
अध्यक्ष नेपालले भन्नुभयो , ‘अहिले यहाँ दुईटा गठबन्धन छ, त्यो हो एउटा केपी ओलीको प्रतिगामी प्रतिक्रियावादी गठबन्धन र अर्को पाँच दलीय समाजवादी, लोतान्त्रिक गठबन्धन ।’
अध्यक्ष नेपालले यो देशमा गणतन्त्र ल्याउनै सकिँदैन भन्ने केपी ओलीले गर्दा एमाले अहिले प्रतिगामी बाटोमा अगाडि बढ्को बताउनु भयो ।
आफूहरुले नेकपा एमाले बनाएको बताउँदै अध्यक्ष नेपालले भन्नुभयो ‘तर, केपी ओली पार्टी, संगठन भन्दा पनि व्यक्तिवादी भए । अहिले ओलीले त्यही भएर प्रतिगामी, दक्षिणपन्थीहरुसँग गठबन्धन गरेका छन् ।’
अध्यक्ष नेपाललले कांग्रेस र कम्युनिस्ट शक्ति मिलेर मात्र देममा परिर्वतन सम्भव भएको भन्दै कहिले कम्युनिष्ले त कहिले कांग्रेसले दम्भ देखाउने गरेको भन्दै उहाँले अहिले ‘दम्भले केपी ओलीको विनाश गराएको बताउनु भयो ।
नेपालले संसारकै मान्छे आकर्षित गर्ने पोखरा जोगाउन आवश्यक रहेको बताउनु भयो । खराका तालतलैयाको संरक्षण र पर्यावरणको रक्षा गर्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै पोखराका मेयर उम्मेदवार धनराज आचार्यले अस्तव्यस्त पोखरालाई व्यवस्थित बनाउन आफ्नो टिम लागिपर्ने बताउनु भयो ।
यस्तै, उपमेयर उम्मेदवार कोपिला रानाभाटले पोखरा महानगरमा आफ्नो टिमले भ्रष्टाचार नगर्ने र भ्रष्टाचारीलाई कारबाही गर्ने चेतावनी दिनुभयो ।