बेलकोटगढी,बैशाख २५
आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी बेलकोटगढी नगरपालिकाले आफ्नो घोषणापत्र सार्बजनिक गरेको छ । युवा नेतृत्वको स्थानीय सरकार, विकास र समृद्धिको आधार भन्ने नारासहितनेपाल कम्युनिष्ट पार्टी (एकीकूत समाजवादी) बेलकोटगढीको तर्फबाट मेयर पदमा सानुकुमारी लामा र उपमेयरमा प्रकाश नेपाल चुनावि मैदानमा रहनु भएको छ ।
अपिल
नेपाल कम्युनिष्ट पार्टी (एकीकूत समाजवादी) बेलकोटगढी निर्वाचन परिचालन कमिटी
वि. सं. २००६ सालमा कमरेड पुष्पलालले नेपाली श्रमजीवि र सर्वहारा वर्गको मुक्तिको लागि जनवादी क्रान्तिको कार्यक्रम सहित नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नु भएको थियो । विभिन्न आरोह अवरोहलाई चिर्द ६८ वर्ष पछि २०७४ लाई बहुमतको सरकार निर्माण गर्ने क्षमता राख्नु कम्युनिष्ट आन्दोलनकै सबै भन्दा ठूलो उपलब्धि थियो । तर दुर्भाग्य नेतृत्वको व्यक्तिवादी, गुटगत, फुट परस्त तानाशाह, विदेश परस्त दक्षिणपन्थी, अलोकतान्त्रिक, स्वाच्छचारी चरित्रका कारण श्रमजिवीवर्गको नेतृत्व हुनु पर्नेमा दलालपुजिँबादीको नेतृत्व गर्ने वर्गमा पुगेको कारण समग्र कम्युनिष्ट आन्दोलन विघटनको ड्ड संघारमा पुगेको महशुष गर्दै पार्टी भित्र भएका सच्चा कम्युनिष्ट , क्रान्तिकारी कमरेडहरुको अगुवाइमा पार्टी भित्र विद्रोह गर्दै कम्युनिष्ट आन्दोलनलाई रक्षा गर्नको निमित्त निर्माण भएको राजनितीक शक्ति नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी हो । लोकतन्त्रको रक्षा , संविधानको पूर्ण कार्यन्वयन र विकास निमार्णलाई तिब्र गतिमा अगाडि बढाउने जनताको चाहनालाई आत्मसाथ गर्दै पाँच दलिय वामलोकतान्त्रिक गठबन्धन निमार्णको अगुवाइ गरेको राजनितीक पार्टीको हैसियतले गठबन्धनको आवश्यकता स्थापना र लक्षप्रति नेपाल कम्युनिष्ट पार्टी ( एकीकूत समाजवादी ) सदैव जिम्मेवार रहेको कुरा सर्वविदीतै छ । यसै शिलशिलामा स्थनिय निर्वाचन २०७९ वैशाख ३० मा गठबन्धन बनाएर जाने गठबन्धनमा संलग्न दलहरुको लिखित सहमतिलाई लत्याउदै नुवाकोट जिल्लाको बेलकोटगढी न.पा.मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लाई बाहिर राखेर नेपाली काग्रेस र माओवादी केन्द्रविच जुन ढंगको क्षणिक लाभका लागि गठबन्धन निमार्णको मर्म र भावना विपरित भएको जालसाकि पूर्ण कथित सहमतिमा सहमत हुन सकिएन । यिनै पृष्ठभूमिको आधारमा नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) का कलम ध्वजावहक चिन्ह बोकेर उम्मेदवारहरु निम्न लिखित राजनितीक प्रतिबद्धताका साथ तपाईहरुको अमुल्य मत पाउने अपेक्षा सहित चुनावी मैदानमा आएका छौं । सत्य , न्याय , अग्रगमन र वर्गिय पक्षधरतामा विश्वास गर्ने राजनितीक शक्तिको जितमा नपाईहरुको मतको महत्वपूर्ण योगदान हुने छ । हार्दिक अभिवादन लाल सलाम ।
बेलकोटगढीको संभावना
१ पर्यटन
२ अर्गानिक खेती
३ पशुपालन
४ फलफूल खेती
५ आधुनिक खेती
६ कुटिर उधोग
७ आवासिय विद्यालय
८ जडिबुटी
९ वन पैदावार
१०। दक्ष जनशक्ति उत्पादन
११ नदि, बालुवा, गिट्टी
१२ एकिकृत बस्ती ९शहर निर्माण०
१३ स्थानिय लोक संस्कृति तथा परम्परा
बेलकोट गढिको चुनौती
१ पर्यटकीय संरचनाको अभाव
२ भिजनरी नेत्रित्वको अभाव
३ कमजोर शिक्षा प्रणाली
४ स्वास्थ्य
५ परम्परागत खेती प्रणाली तथा पशु पालन
६ वसाई सराई
७ चोरि निकासी
८ बेरोजगारी
९ नीतगत समस्या
१० जडिबुटी प्रशोधन केन्द्रको अभाव
११ शिक्षित तथा दक्ष जनशक्तिको अभाब
१२ शहर
१३ पौष्टिक आहार तथा स्वच्छ खानेपानी
१४ लोपोन्मुख स्थानिय लोक संस्कृति तथा परम्परा
हाम्रो प्रतिबद्धता
१ शिक्षामा व्यवस्था लगानि र शैक्षिक प्रणालीमा आमुल परिवर्तन
२ कृषिमा आधुनिकीकरण
३ पर्यटकीय स्थलको निर्माण
४ जडिबुटी खेती तथा प्रशोधन केन्द्रको स्थापना
५। मध्यम खालका बैकल्पिक एकिकृत बस्तीहरुको निर्माण
६ दक्ष जनशक्ति उत्पादन
७ पालिका स्तरमा नै रोजगारीको सृजना
८ उत्पादनमा प्रचुरता
९ आधुनिक स्वास्थ्य संरचनाको निर्माण
१० स्थानीय स्रोतहरू तथा कच्चापदार्थको पहिचान र व्यवसायीकरण
११ स्थानीय लोकसंस्कृति तथा परम्पराको संरक्षण
१२ विज्ञान प्रदर्शनी मार्गको स्थापना
१३ आधुनिक तालिमको व्यवस्था
१४ उत्पादित वस्तुको संकलन तथा विक्री वितरण
१५ स्थानिय सहकारीको स्थापना