सप्तरी,बैशाख २४
सप्तरीको कञ्चनरुप नगरपालिकामा आसन्न निर्वाचन लक्षित सरगर्मी बढेको छ ।
पालिकामा नेकपा(एकीकृत समाजवादीको तर्फवाट मेयर पदमा पुरुषोत्तम चौधरी र उपमेयर पदमा होमकुमारी पोखरेल (गोमा) प्रतिस्पर्धामा हुनुहुन्छ ।
उहाँहरुले कञ्चनरुप नगरपालिकाको मुहार फेर्न ४८ बुँदे प्रतिबध्दतापत्र सार्वजनिक गर्नुभएको छ । जस्मा शिक्षा,स्वास्थ्य कृषि र सहकारी विकास,कोशि टप्पुको प्रबर्धन कञ्चनरुपको निकास भन्ने कुरालाई उच्च प्राथमिकता दिईएको छ ।
उहाँहरुको प्रतिवध्दतापत्र
आदरणीय न्यााय प्रेमी बुबा आमा दिदीबहिनी दाजुभाईहरु हार्दिक लाल सलाम ।
हाम्रो पार्टी नेकपा एकीकृत समाज वादीपार्टी गठनको पृष्ठभूमि तयार गर्दै अहिले तपाईको घर दैलोमा छ । देशमासंघीय लोकतान्त्रिक गणतन्त्रात्मकसंविधान जारी भएपछि दोश्रोपटक स्थानीय सरकारको निर्वाचन हुन गइरहेको छ । देशका तमाम गरीब, मजदुर, किसान, मध्यमवर्ग राष्ट्रिय उद्यमी सबैका मनमा कम्युनिस्ट आन्दोलनले जुन आशा र भरोसा जगाएको थियो, त्यसलाई हामी पुनः जागृत र विकसित गर्न चाहन्छौं । हामी कम्युनिस्ट आन्दोलनमा नयाँ पुनर्जागरण ल्याउन चाहन्छौं र त्यसमार्फत्ब्यापक पुनर्गठन गर्न चाहन्छौं । हामी नेपाली लोकतन्त्रलाई निरन्तर सुदृढ, समृद्ध र जनमुखी बनाउन चाहन्छौँ ।
जननेता कमरेड मदन भण्डारीले भन्नुभएको थियो,‘लोकतन्त्र कानमा लगाउने कुण्डल होइन अर्थात्लोकतन्त्र प्रदर्शन गर्ने गहना मात्रै होइन, यो जनताको जीवनमा लागु हुनुपर्दछ । जबसम्म मानिसको पेट भोकै रहन्छ, बोल्ने–लेख्ने र सभा–संगठन गर्ने अधिकारको सही उपयोग हुन सक्दैन । यसैले हामी कम्युनिस्टहरुको परिभाषामा बोल्ने, लेख्ने, सभा–संगठन गर्न पाउने, योग्यता अनुसार रोजगारी पाउने, पढ्ने उमेरमा शिक्षा पाउने र बिरामी पर्दा उपचारको व्यवस्था हुनुका साथै शारीरिकरुपमा अशक्त तथा वृद्ध उमेरका मानिसहरुले सामाजिक संरक्षण पाउने व्यवस्था नै वास्तविक लोकतन्त्र हो । हामी नेपाली समाजमा यस्तै लोकतन्त्र स्थापना गर्न चाहन्छौं । हामी अहिलेकोसंघीय लोकतान्त्रिक गणतन्त्रलाई समृद्ध बनाउँदै लैजान चाहन्छौं । हामीले गास–बास–कपास, शिक्षा र स्वास्थ्य उपचार हरेक नागरिकलाई उपलब्ध गराउने तथा बोल्ने, लेख्ने, सभा–संगठन गर्न पाउने स्वतन्त्रतासहित सामाजिक न्याय र समानताका साथै सामाजिक समृद्ध लोकतन्त्रलाई समाजवाद भनेका छौँ ।
आदरणीय आमा–बुबा, दिदी–बहिनी तथा दाजु–भाइहरु, हाम्रो पार्टीले आफ्ना हरेक काममा जनताको हित गर्ने सिद्धान्त, विचार, नीति–कार्यक्रम र योजनालाई ध्यानमा राख्दछ । हरेक काम निश्चित विधि र पद्धतिका आधारमा संस्थागत तरिकाले गरिनु पर्दछ भन्ने विषयमा हामी प्रतिबद्ध छौं । हामी नेपाली समाजलाई समाजवादी समाज व्यवस्थामा रुपान्तरित गर्न चाहन्छौं । हाम्रा लागि स्थानीय सरकार, प्रादेशिक र केन्द्रीय संसद र सरकारहरू सबै संघर्षका मैदान हुन् ।
सरकारी सेवाको जिम्मा लिएकाहरुले समयमा काम सम्पन्न नगर्ने, विकास निर्माणका काममा आवश्यक गुणस्तर कायम नगर्ने, मिहिनेत बिनाको कमाई वा भ्रष्टाचारप्रति आकर्षित हुने, सरकारी माल–सामानको जतन नगर्ने वा दुरुपयोग गर्ने, कमिशनखोरीमा लिप्त भै वास्तविक मूल्यभन्दा महँगो मूल्य तिरी सामान खरिद गर्ने, मूल उत्पादकमाथि बिचौलिया हाबी हुने, दैनिक उपभोग्य सामानमा मिलावट गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, गरिब र सोझा जनतालाई मिटरब्याजी क्रणमा फसाउने, सरकारले तोकेको न्युनतम ज्यालाभन्दा कम ज्यालामा काम गराउने उद्योग–व्यवसाय वा कारखानाको मालिक कर छली गर्ने, मुद्दा–मामिलामा न्याय किनबेच गर्ने जुनसुकै पेशा, पद र ओहोदाका मानिसहरु, महिला र बाल–बालिकाहरुलाई अपमानित गर्ने, मानिसले मानिसलाई तल्लो जात भनेर हेप्ने, बोक्सी हुन्छ भन्ने अन्धविश्वासका आधारमा मूलतः महिलालाई अपमान गर्ने लगायतका प्रथा, प्रवृत्ति, व्यक्त वा समूह सबै हाम्रा शत्रु हुन् । यसर्थ यी सबै हाम्रा संघर्षका क्षेत्र हुन् ।
यही महान् अभियानका साथ हामी कलम चुनाव चिन्ह लिएर तपाईंको घर–दैलोमा आएका छौं । कलम चिन्हमा मतदान गरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उमेदवारहरूलाई अत्यधिक मतले विजयी गराऔं, समाजवादको यात्रामा अगाडि बढौं ।
हाम्रा प्रतिबद्धता
१.नगरका सम्पूर्ण भु–भागमा पाँच वर्षभित्र सिंचाइका पूर्वाधार निर्माण गरिने छ ।
२.कोशी नदीको पानीलाई सिंचाइका लागि उपयोग गर्ने पूर्वाधार निर्माण गरिने छ ।
३.कृषिमा यान्त्रीकरण गरी खाद्यान्न उत्पादन अभिवृद्धि गरिने छ ।
४.खादमल, बिउ–बिजनको सहज उपलब्धताको व्यवस्था गरी उत्पादित वस्तुलाई सहज बजार उपलब्ध गराइने छ ।
५.एकगाउँ एकउत्पादन क्षेत्रको अवधारणा अनुसार जगतपुर बदगामा धान र गहँु, रुपनगरमा आँप, बैरवामा माछापालन, ठेलियामा पशुपालन व्यवसायलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने छ ।
६.बाँझो जमिन व्यवस्थापन गरी जमिनलाई बाँझो राख्न नपाइने नीति अख्तियार गरिनेछ ।
७.शीतभण्डारको व्यवस्था मिलाई उत्पादित वस्तुअनुसार कच्चा पदार्थमा आधारित उद्योग स्थापनागरिनेछ ।
८.खेतीमै आधारित पूर्णकालीन कृषकलाई मासिक सुरक्षा भत्ता र निशुल्क तालिमको ब्यबस्था मिलाइने छ ।
९.उन्नतजातका व्यावसायिक पशुपालनलाई प्रोत्साहित गर्दै परम्पागत पशुपालनलाई क्रमश विस्थापित गर्दैलगिने छ ।
१०.निशुल्क शिक्षाको अवधारणाअनुसार दश जोड दुई कक्षासम्म निशुल्क शिक्षाको प्रबन्ध गरी सार्वजनिक सौचालय निर्माण गरी हरित बस्ति र सुरक्षित आवासको अवधारणा अगाडि बढाइने छ ।
११.दलित र पछाडि पारिएका एवं जेहेन्दार छात्र छात्रालाई उच्च शिक्षामा छात्रवृतिको ब्यबस्था गरिने छ ।
१२.सामुदायिक विद्यालयलाई नीजी विद्यालयसरह प्रतिस्पर्धी बनाइने छ । सवै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा अध्यापन र आवश्यक पूर्वाधार निर्माण गरिने छ ।
१३.एक प्राविधिक शिक्षालय स्थापना गरिने छ । कम्प्युटर शिक्षालाई आधारभुत बिद्यालयदेखि नै अनिवार्य गराइने छ ।
१४.स्वास्थ्य विमा, निशुल्क उपचारको वातावरण मिलाइने छ । विज्ञहरुको लागि विशेष सुबिधा र सुरक्षा उपलब्ध गराइने छ ।
सम्पन्न सर्पदेश उपचार केन्द्र स्थापना गरि निशुल्क उपचारको ब्यजस्था मिलाइने छ ।
१५.प्रत्येक वडामा कम्तिमा एक एम्बुलेन्स र एक शव बाहनको ब्यबस्था मिलाइने छ ।
१६. औषधि, उपचार र पोषणयुक्त खानाको ब्यबस्था मिलाइने छ ।
१७ अनिवार्य स्वास्थ्य विमा कार्यक्रमअनुसार गरिब, दलित र पछाडि पारिएकाहरुका लागि निशुल्क स्वास्थ्य बिमा गरिने छ । ज्येष्ठ नागरिकलाई घर–घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने ब्यबस्था मिलाइने छ ।र आयुर्बेदिक अस्पताल स्थापनाका लागि प्रबन्ध मिलाइने छ ।
१८.नर्सिङ कलेजको स्थापना गरि जिल्लामा दक्ष जनशक्ति उत्पादन गरिने छ । यसका लागि ठूला उद्योगी भित्याउने नीति अवलम्बन गरिने छ ।
१९.व्यवस्थित सहरीकरणका लागि सम्पूर्ण पूर्वाधारहरु खानेपानी, नाला, ढल,दलित, विपन्न र घरवारबिहिनहरुका लागि जनता आवास कार्यक्रम अघि बढाइने छ; ।
२०.आगलागि र वाढीवाट बच्न सुरक्षित आवास कार्यक्रम अन्तरगत सुरक्षित आवास निर्माण गर्न सहुलियतमा, विना घितो ऋण उपलब्ध गराइने छ ।
२१.स्वस्थ पर्याबरणका लागि प्रत्येक वडामा हरित उद्यान निर्माण गरिने छ ।
२२.मिर्गौला, मुटु मधुमेह र क्यान्सरका बिरामीका लागि बिशेष सुबिधा उपलब्ध गराइने छ ।
२३.कागज उद्योग स्थापना गरिने छ र कृषिजन्य उत्पादन आप केरा लगायतमा आधारित उद्योग निर्माण गर्ने ।
२४.स्वास्थ्य केन्द्रमा सुत्केरी गराउदा दिँदै आएको सृत्केरी प्रोत्साहन भत्ता दोब्बर बनाउन ।
२५.उद्योग र ब्यापार ः सम्बृद्धिको आधार भन्ने नाराका साथ औधोगिक क्षेत्रको स्थापना गरि उद्योग ।
२६.राजमार्ग र नगरका सडक चार लेनको गरि सडक उद्यान निर्माण गरिने छ ।
२७.रोजभार बैकको स्थापना गरिने छ ।सिपमूलक जनशक्तिलाई स्थानीय तहमा रोजगारी सृजना गरिने छ ।
२८.श्रमिकको उचित ज्याला निर्धारण गरी योग्यता अनुसारको काम र काम जनुसारको दाम भन्ने नीति लागु गरिने छ ।
२९.परम्परागत पेशालाई आधुनिकीकरण गरि स्वरोजगारलाई प्रोत्साहन गरिने छ ।
३०.नगरमा वृद्धाश्रमको स्थापना गरिने छ ।
३१.केन्द्र सरकारले दिदै आएको सावैखाले सामाजिक सुरक्षा भत्तामा स्थानीय तहमा समेत थप ब्यबस्था मिलाइने छ ।
३२.कोशीटप्पु वन्यजन्तु आरक्षको प्रबर्धन गरी आन्तरिक र बाह्य, पर्यटक भित्र्याउन पहल गरिनेछ ।
३३.कोशीटप्पुलाई मुख्य सडकसँग जोडने गरि बैरवा–मलकौर, बढगामा –भोडाहा, कञ्चनपुर– विलासा–जगतपुर, बकाल–पथरी, आदर्शटोल–खिखिरपट्टि, पडेमारा–पिप्रा, मलेठ–जमुवादुइलेनको हरित पक्की सडक निर्माण गरि आवश्यकता अनुसार चौक–चौकमा बन्यजन्तुको प्रतिमास्थापना गरिने छ ।
३४.कोशी टप्पुक्षेत्रमा तारवार गरि खुल्ला चिडियाखाना निर्माण गर्न पहल गरिने छ ।स्थानीय कलासंसकृतिको जगेर्ना गदै कोशीटप्पु क्षेत्रमा सङग्रालय निर्माण गरिने छ ।
३५.कोशीटप्पु क्षेत्रमा अधिग्रहण गरिएको जग्गाको हालससम्म मुअब्जा नपाएका किसानहरुलाई मुअब्जा दिलाउन प्रयत्न गरिने छ ।
३६.कोश्रीटप्पु क्षेत्रमा होटल तथा रिसोर्ट सञ्चालका लागि ब्यावसायीलाई आकर्षित गर्न विशेष कार्यक्रमको ब्यबस्था मिलाइने छ । ।
३७.कोशीटप्पु क्षेत्रमा चरा विश्वविद्यालय स्थापना गर्न पहल गरिने छ ।
३८. कोशीटप्पु क्षेत्र हुँदै जमृवा मलेठ सीताप्र रुपनगर घरमपुर सिमरा गोरपार, सुब्बाटोल बरेमभझिया मलकौर कोशीटप्पु रिङ रोड स्थापना गर्न पूर्वाधार निर्माण गरिने छ ।
३९.आन्तरिक उडानका लागि बिमानस्थल निर्माणका लागि अध्ययन प्रारम्भ गरिने छ ।
४०.रुपनगर सिवाई १३ किमी तथा रुपनगर राजविराज १७ किमी सडक निर्माणका लागि पहल गरिने छ
४१.धारापानी क्षेत्रलाई पर्यटकिय गन्तब्यको रुपमा विकास गर्न आवश्यक सवै पूर्वाधार निर्माण गरिने छ ।
४२.घोधनप्रको भजनेश्वरधाम, रुपनगरको विष्णुमन्दिर, बैरवा र बलुवाका सस्जिदलाई धार्मिक पर्यटकिय गन्तब्यको रुपमा विकास गरिने छ ।
४३.चुरसरक्षणका लागि विशेष कार्यक्रम तर्जुमा गरिने छ ।
४४.उत्पादनका आधारमा क्षेत्र वर्गीकरण गरि खेति योग्य क्षेत्र, आवास क्षेत्र, पशुपालन, तरकारी उत्पादन क्षेत्र, फलफुल उत्पादन क्षेत्र, औद्योगिक क्षेत्र र पर्यटकीय क्षेत्रको पहिचान गरि सोही अनुसारको व्यबस्था मिलाइने छ ।
४५.नगरको पहिचान सहितको नगरस्तम्भ निर्माण गरिने छ ।
४६.बर्षेनी हुने नदी कटान र डुवानको समस्यालाई हल गर्न जनता तटबन्ध कार्यक्रम लागु गरिने छ ।
४७.कञ्चनरुप नगरपालिकालाई स्मार्टसिटीको रुपमा विकास गरिने छ ।
४८.कम्तिमा एक एफ एम र एक टेलिभिजन सञ्चालनको लागि ब्यबस्था मिंलाइने छ ।
२०७९ साल बैशाख २४