काठमाडौँ । नेकपा (एकीकृतसमाजवादी) निकट नेपाल तामाङ संघ (समाजवादी) को दोस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । शनिवार काठमाडौँमा भएको अधिवेशनले लाप्साङ तामाङ (पाख्रिन) को अध्यक्षतामा ७७ सदस्यीय केन्द्रीय कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षहरूमा टिकालाल तामाङ, हस्त बहादुर तामाङ, बज्रमणी लामा र सुन्तली वाइवा तामाङ चयन हुनु भएको छ । त्यस्तै महासचिवमा किरण मोक्तान ,उपमहासचिव डेनो थिङ , सचिवहरूमा धर्म ब्लोन, भीम लामा, तारा तामाङ, दिलकुमार घ्लान र बलराम बल चयन हुनु भएो छ भने कोषाध्यक्षमा निरबहादुर तामाङ चयन हुनु भएको छ । निर्वाचित नयाँ नेतृत्वलाई नेकपा एकीकृत समाजवादीका सचिव एवम् पूर्वमन्त्री नागेन्द्र चौधरीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो ।
नेकपा (एकीकृतसमाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो अधिवेशनमा तामाङ समुदायबाट राजनीतिक तथा सामाजिक व्यक्तित्व हासिल गर्न सफल अनेरास्ववियूकी केन्द्रीय अध्यक्ष आरती लामा, पार्टी पोलिटव्यूरो सदस्य एवम् मण्डनदेउपुर नगरपालिका काभ्रेका प्रमुख टोकबहादुर वाइवा,हेटौडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामालाई सम्मान समेत गरीएको थियो ।
अधिवेशनमा नेकपा एकीकृत समाजवादी का केन्द्रीय सदस्य राजाराम स्याङतान, केन्द्रीय सदस्य शान्त्ताकुमारी तामाङ, निर्वाचन आयोग समितिका केन्द्रीय सदस्य रामचन्द्र बल, नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)का महासचिव एवम् नेपाल तामाङ संघ (समाजवादी) का इन्जार्च चन्द्रबहादुर तामाङ, नेपाल तमू संघ (समाजवादी) का केन्द्रीय अध्यक्ष गंगागुरूङ, केन्द्रीय परिषद सदस्य रामदेवी तामाङ लगायत अथिथिहरुकोउपस्थििति रहेको थियो ।