काठमाडौं ।समाजवादी, पेशागत कानून व्यावसायी संगठन ( एस पि एल ए ) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
अधिवेशनले अधिवक्ता डेकेन्द्र प्रसाद सुवेदीको अध्यक्षतामा ६५ सदस्यीय समिति निर्वाचित गरेको छ । सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा विष्णु प्रसाद सापकोटा, उपाध्यक्षहरू योगिता राई, अनिल खड्का, रत्नेश्वर प्रसाद शर्मा, रामवली प्रसाद चौहान, कमल राज वस्याल, महासचिव अम्बर बहादुर राउत, सचिवमा गोपाल श्रेष्ठ, नारायण प्रसाद पराजुली र अन्जु के.सी., कोषाध्यक्षमा गोविन्द खड्का निर्वाचित हुनुभएको छ ।
सम्मेलनमा नेपाल कानुन व्यवसायी परिषदबाट सञ्चालित ३० औं अधिवक्ता तहको परीक्षामा दशौं स्थानसम्म उत्तीर्ण हुने परीक्षार्थीहरूलाई सम्मान गरिएको थियोे ।
सम्मेलनको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल , नेपाल बार एसोसीएसनका पूर्व अध्यक्ष एवं नेपाली कानून वाङ्वयका शताव्दी पुरुष वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी पार्टीका कानुन फाँट ईन्चार्ज घन प्रसाद गौतम अतिथि रहनु भएको थियो ।
भेलाले १० बुँदे समसामयीक प्रस्तावहरु पारीत गरेको छ ।