काभ्रेपलान्चोक । नेकपा ( एकीकृत समाजवादी ) काभ्रेका इन्चार्ज विदुर सापकोटाले प्रदेश सरकारले विकासका क्षेत्रमा गरेको लगानी नै नगर र वडाको मूल श्रोत रहेको बताउनु भएको छ।
शनिवार काभ्रेको पाँचखाल नगर कमिटीको पार्टी सुदृढीकरण अभियानमा बोल्दै इन्चार्ज सापकोटाले काभ्रेको नेकपा एकीकृत समाजवादी पार्टी र संगठन बिगार्न एमालेका केही व्यक्ति लागि परेको तर सफल हुन नसक्ने भन्दै बरु एमाले कस्तो पार्टी हो भन्ने सबैले बुझिसकेको बताउनुभयो ।
उहाँले भन्नु भयो ,नेकपा एकीकृत समाजवादी नै अबको नयाँ र स्थापित पार्टी हो । नेकपा एमाले पुँजीवादी र दलालहरुको पार्टी भएको बताउँदै यस पार्टीमा अवसर र सम्भावना रहेकोले युवाहरुकोे आकर्षक समाजवादीमा बढने अपेक्षा व्यक्त गर्नु भएको छ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी बागमती प्रदेशका सचिव तथा प्रदेश सरकारका मन्त्री लक्ष्मण लम्सालले जिल्लामा विकास निर्माणको कार्य दु्त गतिमा भएको विश्लेषण गर्दै संगठन विस्तारको लागि विकास निर्माणमा हामीले गरेमा गतिविधि जनताको माझमा बुझाउनु जरुरी रहेको बताउनु भएको छ। अब कृषकलाई उत्पादनमा जोड दिने र उत्पादित बस्तु सरकारले किनिदिने नीति बनाउन सके मात्र समाजवादी यात्रातय हुने ठोकुवा गर्नु भयो ।
काभ्रे जिल्ला पार्टी अध्यक्ष बसुन्धरा हुमागाईले पार्टी निर्माण एउटा आन्दोलन भएकोले ढुलमुले प्रवृत्ति छोडेर संगठन बनाउदै समाजवादी बाटो समाउन कार्यकर्तालाई अपिल गर्नु भएको छ। अध्यक्ष हुमागाईले कार्यकर्तालाई विस्वसत पार्दै भन्नुभयो , अन्य पार्टीले भ्रम सिर्जना गरेर कार्यकर्ता फकाउने काम गरेकोले सचेत रहन आग्रह गर्नु भएको थियो ।
यस्तै जिल्ला पार्टी सचिव गोकुल गौतमले पुजीवादीहरुले सत्ताको दुरुपयोग गरेर संगठन बनाउछन।कम्युनिष्ट पार्टीले जनताको सामाजिक मुद्दा माथि बहस गरेर जनतालाई प्रभावित गर्छ। यी दुई विच फरक छुट्टाउन सकिएन भने काम गर्ने सकिदैन । त्यसैले कार्यकर्ताले पार्टीको नीति र विधिमा स्पस्ट हुन सुझाव दिनु भएको छ।