आगामी बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको आमनिर्वाचनका लागि कागेश्वरी मनोहरा नगरपालिका वडा नं। ६ मा नेकपा एकीकृत समाजवादीको तर्फबाट वडाअध्यक्षको उम्मेदवारी दिनुभएका प्रकाश फुँयालले आफ्नो चुनावी घरदैलो कार्यक्रमलाई तिब्र बनाउनुभएको छ ।
एकीकृत समाजवादी पार्टीको तर्फबाट दोस्रो कार्यकालका लागि वडाअध्यक्षको उम्मेदवारी दिनुुभएका फुँयालले घरदैलो कार्यक्रमलाई तिब्र पारेका हुन् ।
बैशाख १३ गतेबाट चुनावी प्रचार(प्रसार सुरु गरेका फुँयालले बैशाख २४ गतेसम्म आईपुग्दा वडा भरि नै पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
२०७४ सालको आम निर्वाचनमा नेकपा एमालेको तर्फबाट कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ को अध्यक्षमा निर्वाचित हुुनुु भएका फुँयाल तत्कालिन एमाले फुटेपछि नेकपा एकीकृत समाजवादीमा लाग्नुुभएको थियो । फुँयालले पहिलो कार्यकालमा वडाको बिकासलाई पहिलो प्रथमिकतामा राखेकाले स्थानिय खुसी छन् । वडाको बिकासका पहरेदारको रुपमा उनलाई वडावासीले मुक्तकण्ठले प्रशंसा गर्दै घरदैलो कार्यक्रममा सघाई रहेका छन् । कतिपय स्थानियले त उहाँलाई वडा नं. ६ को प्रकाश (उज्यालो) को उपमा दिने गरेका छन् ।
प्रकाशले पहिलो कार्यकालमा वडाका गल्लि गल्लिमा बिकासका मुल फुटाएको स्थानीय बताउँछन् । वडाका अधिकांश सडक कालोपत्रे गरेर स्थानियको मन जित्न सफल भएका उनी बिकासका अन्य योजनाहरु शिक्षा, स्वास्थ्य, खानेपानी, ढल निर्माण, रोजगारका विभिन्न अवसरहरु सृजना गरेर उतिनै चर्चामा हुनुुहुन्छ ।
वडावासीको एक सच्चा अभिभावकको रुपमा फुयाललाई आगामी बैशाख ३० गते हुन गईरहेको निर्वाचनमा विजय गराउन यतिखेर सिङ्गो वडा नै उल्टिएर लागिरहेको छ । उहाँको घरदैलो कार्यक्रममा हरेक दिन ४ सयभन्दा बढी वडावासी सहभागी हुने गरेका छन् । के महिला के बुढा । उहाँको विजय सुनिश्चित गराउन अन्य सबै काम नै छोडेर घरदैलोमा निस्कने गरेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं.६ मा प्रकाश फुँयाल बराबरको प्रतिद्धन्दी नै छैन् । वडावासीको तर्फबाट प्रकाश फुँयाललाई दोस्रो कार्यकालका लागि वडाअध्यक्षको जिम्मेवारी सम्माल्न आदेस दिईसकेको बताउदै प्रकृया पुर्याउनको लागि मात्र बैशाख ३० गते लाई पर्खिरहेका छौ । उहाँको जित सुनिश्चित भएकाले विजय उत्सवको पतिक्ष गरिरहेका छौ ।’ अर्का स्थानीय राजेन्द्र नेपालीले वडा नं. ६ मा प्रकाश फुँयालको विकल्प नभएको सुनाउनुभयो । ‘जनप्रतिनिधि त देशैभरी हरेक वडामा चुनियर आउने नै छन् । यसमा हाम्रो वडा पनि एक हो । तर अघिल्लो कार्यकालमा प्रकाश सरले वडामा जे जे काम गर्नुभएको छ, त्यसलाई वडावासीले नजिकबाट हेरेका छन् । त्यसैले पनि प्रकाश सरसँग वडावासी अत्यन्त खुसी रहेको र उहाँको जीत भईसकेको छ ।’
कागेश्वरी मनोहरा नगरपालिका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेपछि नेकपा एकीकृत समाजवादी एक्लै चुनावी मैदानमा उत्रिएको छ ।