काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) पार्टीले असोज १४ गतेदेखि सुरु गर्न लागेको समाजवादी जागरण यात्रा २०८० को पूर्व तयारी स्वरुप पार्टीको केन्द्रीय प्रचार विभागले जुम मिटिङ सम्पन्न गरेको छ।
पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको प्रमुख आतित्थ्यतामा सम्पन्न जुम मिटिङमा प्रचार विभाग, समाजवादी प्रेस संगठन, जिल्ला कमिटीका अध्यक्षहरूको उपस्थिति रहेको थियो। झापाको काँकडभिट्टास्थित मेची नदीबाट १४ असोजदेखि शुरु गर्ने समाजवाद जागरण यात्रा महाकाली पुगेर समापन गरिने छ।
असोज १४ गते बिहान ८ देखि १० बजेसम्म केन्द्रीय नेतृत्व टोलीले विषयगत ,उद्यमी, युवा, विद्यार्थी, महिला, प्राध्यापक, शिक्षक, बुद्धिजीवी, मजदुर, किसान, पत्रकारलगायतको बैठक सञ्चालन गर्ने, ११ः३० बजेसम्म समाजवाद जागरण यात्राको उद्घाटन, १२ः३० बजेदेखि १२ः०० सम्म बिर्तामोडमा सभा, ३ बजे दमकमा कोणसभा, ३ः४५ बजे मोरङको उर्लाबारीमा कोणसभा, ५ बजे बिराट चौकमा कोणसभा र ६ बजे सुनसरीको इटहरीमा विषयगत बैठक तथा सुनसरीका स्थानीय पार्टी कमिटीहरु बीचमा बैठक सञ्चालन गरिने भएको छ।
बैठकमा असोज १५ गते बिहान इटहरीमा विषयगत छलफल, १० देखि ११ बजेसम्म इटहरी सभा, २ बजे इनरुवामा कोणसभा र ३ बजे कोशी ब्यारेजबाट विदा हुने कार्यक्रम तय भएको छ।