सल्यान । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) जिल्ला कमिटी सल्यानको ७ औ विस्तारित बैठक सम्पन्न भएको छ । सल्यानको सदरमुकाम खलंगामा शुक्रबार सम्पन्न बैठक पार्टीका अध्यक्ष हरि केसीको अध्यक्षतामा भएको थियो ।
बैठकमा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषाल, पार्टी उपमहासचिव तथा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रशिक्षणात्मक र निर्देशनात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बैठकमा पार्टी पोलिटब्युरो सदस्य शेर बहादुर केसी, केन्द्रीय सदस्य तथा सल्यान जिल्ला ईन्चार्ज उदय वोहरा, केन्द्रीय सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख लक्ष्मण केसी, केन्द्रीय सदस्य भद्रसिहवुढा, केन्द्रीय कमिटी सदस्य शारदा परियार लगाएतले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो । बैठकले पार्टीको माघमा हुने राष्ट्रिय महाधिवेशनको तयारिसंग जोडेर, संगठित सदस्यता नवीकरण र प्रदान, पालिका कमिटी बैठक तथा प्रशिक्षण कार्यक्रमहरू संचालन गर्ने, मंसिर भित्र वडा अधिवेशन हरू गर्ने, जनवर्गियसंगठनका बैठक भेलाहरू आयोजना गर्ने लगाएतका निर्णयहरू गरेको छ ।
बैठकमा अध्यक्ष हरि केसीले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन सुझाव सहित पारित गरेको छ । बैठकमा सल्यान जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला पदाधिकारी, जिल्ला कमिटी सदस्य, जनवर्गीय संगठनका विभिन्न तहका नेताहरुकोसहभागीता रहेको थियो । उपाध्यक्ष राम खडकीको स्वागत मन्तव्य रहेको बैठकको संचालन पार्टी सचिव रमेशकुमार गौतमले गर्नुभएको थियो ।