दोलखा । नेकपा एकीकृत समाजवादी तामाकोसी गाउँपालिकाको दोश्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले झनक खड्काको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका संगठन कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।
कमिटीको उपाध्यक्षमा ताम प्रसाद आपागाई,लिला बहादुर बुढाथोकी, सचिव यज्ञ श्रेष्ठ, उपसचिव लिलामान मोक्तान, राजकुमार के.सी. आङछिरिङ शेर्पा सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
कमिटीको सदस्यहरुमा लिला बहादुर श्रेष्ठ, राधिका श्रेष्ठ, राम बहादुर खड्का, रामबहादुर बस्नेत, गिता खाती, लोकनाथ फुयाल, सुनिता बिक, टेक बहादुर फुयाल, लाल बहादुर बिक,राधाकृष्णफुयाल, इन्द्र प्रसाद अधिकारी, नोर्बु शेर्पा, दिपक बिक, ध्रुव खड्का, सुमित्रा रसाइली, शंकर खड्का, पेम्बा शेर्पा तेज बहादुर सुनुवार, सानू बिक, माहादेव सुनुवार ,चन्द्रीकाकेसि,दिप बहादुर अपागाई,इश्वरफुयाल, रिता बिक, दिलमाया बिक डोल बहादुर बस्नेत रहनु भएको छ ।
तामाकोसी गाउँ संगठन कमिटीका अध्यक्ष झनक खड्काको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेकपा एकीकृत समाजबादीका केन्द्रिय सदस्य एवं दोलखा जिल्ला कमिटीका सह इन्चार्ज गोपाल न्यौपाने,केन्द्रिय सदस्य चुनुकेसि, जिल्ला कमिटी उपाध्यक्ष प्रोण प्रताप केसी,जिल्ला कमिटी सदस्य पर्शुराम कार्की लगायत नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो।