काठमाण्डौं,बैशाख २३
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आसन्न निर्वाचनको सन्दर्भमा देशमा ‘अहिले दुईवटा गठबन्धन भएको भन्दै दुईमध्ये प्रगतिशील वाम–लोकतान्त्रिक गठवन्धन रोज्नुपर्ने बताउनु भएको छ ।
काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दैअध्यक्ष नेपालले बर्तमान सन्दर्भमा प्रगतिशील वाम–लोकतान्त्रिक र अर्को दक्षिणपन्थीहरुको गठबन्धन भएको भन्दै ‘दक्षिणपन्थी गठबन्धनको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गरेको बताउनु भयो ।
अध्यक्ष नेपालले भन्नुभयो ओलीले नेतृत्व गरेको गठबन्धनमा प्रतिगामी र राजावादीहरु रहेको भन्दै उनीहरु परिवर्तन र संविधान विरोधी रहेको भन्दै प्रगतिशील लोकतान्त्रिक वामपन्थी गठबन्धनको पक्षमा मतदान गरेर प्राप्त राजनीतिक उपलब्धी जोगाउन, संविधान जोगाउने, समाजवाद सुशासन र गणतन्त्रका हिमायती प्रगतिशील गठबन्धनमा रहेकाले सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर सुशासनको पक्षमा उभिन सार्वजनिक अपिल गर्नुभएको छ ।
प्रतिगामी कित्तामा मत खसाल्नुभयो भने पछुताउनुपर्ने र सन्तानले दुःख भोग्नुपर्नेछ’, अध्यक्ष नेपालको भनाइ छ ।
उहाँले इतिहासका सबै जटिल मोडमा काँग्रेस र नेकपा सँगसँगै अगाडि बढेको इतिहास भएको भन्दै दम्भीहरु कमजोर र समाप्त हुँदै गएको बताउनु भयो ।
नेता नेपालले काठमाडौ महानगरपालिकालाई सुन्दर महानगरपालिका बनाउन सकिने भन्दै गठबन्धन देशका लागि आवश्यक भएकाले सोहीअनुसार गठबन्धनप्रति विश्वास गर्नसक्ने वातावरण बनाउनुपर्ने भ्रष्टाचार र कुशासनमा फस्दैनौ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताउनु भयो ।
‘ओलीले पाँच वर्षपछि सकिने आयोजनाको आजै उद्घाटन गर्ने, तीन सय अस्पतालका भवन आजै उद्घाटन गरिदिने खालका कहीँ नभएको जात्रा जस्तो सबै एकै दिनमा गर्न खोज्ने । कहीँ नभएको जात्रा केपी ओलीको पालामा भयो,’ अध्यक्ष नेपालले भान्नुभयो । अध्यक्ष नेपालले गफले नभई काम गरेर जनताको मन जित्नुपर्नेमा जोड दिनुभयो । गठबन्धनतर्फका उम्मेदवारलाई इमान्दार भएर जनताको काममा समर्पित हुन आग्रह गर्दै उहाँले गफ र दम्भका साथ अघि बढ्दा जनतालाई मुर्ख बनाउन सकिने तर, काम गर्न नसकिनेतर्फ सचेत गराउनुभयो ।
ओलीबाट कसरी संविधान मिच्ने काम भयो कसरी दुईतिहाईको सरकार आफैले धुजाधुजा पार्ने काम भयो कसरी जनाधारको अनादार गर्ने काम भयो कसरी मुलुकमा भ्रष्टाचारीलाई प्रोत्साहन गर्ने काम भए कसरी अत्यन्तै हाँस्यपद काम भए एकैचोटी एकैठाउँमा बसेर देशभरका पालिकामा अस्पताल उद्घाटन गर्ने काम भयो । ६ महिना, एक वर्षपछि सम्मपन्न हुने प्रयोजनहरु आजै उद्घाटन गर्ने काम भयो ।
पाँच वर्षपछि सम्पन्न हुने आयोजना आजै उद्घाटन हुने काम भयो । कहीँ नभएको जात्रा केपी ओलीको पालामा भयो । त्यस्तो जात्रा देखाउनेलाई विर्सेर पनि मत दिने काम गर्नु हुँदैन ।
काठमाडौंको लागि योजना बनाउँदा ५० वर्षलाई ध्यानमा राखेर बनाउनुपर्ने बताउँदै उहाँले फिलिपिन्सको विकासको मोडलसमेत स्मरण गराउनुभयो ।
अध्यक्ष नेपालले काठमाडौं महानगरका ३२ बटै वडाका घरघरमा पुग्न उम्मेदवारहरूलाई निर्देशन समेत दिनुभयो ।