सुर्खेत। नेकपा (एकीकृत समाजवादी) सुर्खेत जिल्ला कमिटीको ७औं बैठक सम्पन्न भएको छ।
जिल्ला कमिटी सुर्खेतका अध्यक्ष टोप बहादुर रास्कोटीको अध्यक्षता शनिबार सम्पन्न भएको हो। कर्णाली प्रदेश सहइन्चार्ज शेर बहादुर केसीको प्रमुख आतित्थ्यतामा जिल्ला पार्टी कार्यालय सुर्खेतमा बैठक सम्पन्न भएको कर्णाली प्रदेश पार्टी प्रचार विभाग प्रमुख वशन्त कुमार विश्वकर्माले जानकारी दिनु भएको छ।
बैठकले रिक्त पदाधिकारी सिफारिस, पार्टीकाे दशाैं महाधिवेशन केन्द्रीत कार्ययोजना, सदस्यता नविकरण, विस्तार, पालिका वैठक, आर्थिक, कार्यालय व्यवस्थापन, अभिलेखिकरण, भेला प्रशिक्षणलगायतका महत्त्वपूर्ण निर्णयहरू गरेकाे छ।
सुर्खेत जिल्ला कमिटी पदाधिकारी सिफारिस गरेकाे छ। उपाध्यक्षमा खड्ग वहादुर केसी र शिवप्रसाद उपाध्याय, सचिव वीर बहादुर रावत (भाेटे), उपसचिवमा छविलाल सापकाेटा र उपसचिव गाेविन्द शाहीलाई सिफारिस गरेको छ। एक जना उपसचिव दलित महिला पछि थप गरिने निर्णय भएकाे विश्वकर्माले जानकारी दिनु भयाे ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्री नन्दा शर्मा, केन्द्रीय सदस्य शिव प्रसाद उपाध्याय, केदार कँडेल, कुलदिप भट्ट, केन्द्रीय सल्लाहकार सदस्य, केन्द्रीय परिषद सदस्यहरूको उपस्थितिमा बैठक सम्पन्न भएको प्रमुख विश्वकर्माको भनाई छ।