काठमाडौँ । कृषि तथा पशुपन्छी विकास तर्फ संलग्न पेशाकर्मीहरुले कृषि तथा पशुपन्छी पेशाकर्मी एसोसिएसन नेपालको घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रम मार्फत यो संगठनको घोषणा गरिएको हो ।
भेलाले डा. वेद बहादुर क्षेत्री अध्यक्ष रहेको ६० सदस्यीय समितिको घोषणा गरेको छ । संगठनको उपाध्यक्षमा डा. कृष्ण कुमार मिश्र, डा. लक्ष्मण घिमिरे, लव कुमार शर्मा, डाकुर नाथ पराजुली, कृष्ण बहादुर बिक, देवेश देवकोटा, राम अवतार महतो, सूर्य बहादुर कुँवर, महिला उपाध्यक्षमा गौरी देवी थापा चयन हुनु भएको छ ।
महासचिवमा पूर्ण बहादुर बुढा, उपमहासचिवमा उत्कल सापकोटा, रिता सिग्देल, भवानी बस्नेत, सचिवमा शान्तीराम भट्टराई, कुमार अधिकारी, टिका काफ्ले, सुमन अधिकारी, रुपक दाहाल, कोषाध्यक्षमा ललित जंग गुरुङ, सह कोषाध्यक्षमा चन्दा जोशी लगायतका पदाधिकारी चयन हुनु भएको छ । संगठनको राष्ट्रिय भेलालाई कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले उद्घाटन गर्नुभएको थियो ।