काभ्रे । काभ्रे जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमले आर्थिक वर्ष २०८०/ ८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ।
शनिवार काभ्रेको धुलिखेल स्थित काठमाडौ विश्वविद्यालयको सभा हलमा आयोजित सातौ जिल्ला सभामा प्रमुख गौतमले आर्थिक वर्ष २०८० / ८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
प्रमुख गौतमले आर्थिक वर्ष २०७९ / ८० मा सम्पादन गरेको केही महत्त्वपूर्ण कार्यहरूकोसंक्षिप्त जानकारी गराउनु भएको थियो भने आर्थिक वर्ष ८० / ८१ को प्रस्तावित नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको थियो ।
जिल्ला समन्वय समिति काभ्रेले ७९ / ८० मा गरेका उपलब्धि मूलक कार्यहरू काभ्रे र सिन्धुपाल्चोक जिल्ला बीचको सिमा विवाद व्यवस्थापनका निम्ति संयुक्त बैठक, निवर्तमान उप राष्ट्रपति नन्द बहादुर पुनको आतिथ्यमा जिल्लामा पहिलो बृहत् जिल्ला खेलकुद महोत्सव सम्पन्न , लैङ्गिक हिंसा सम्बन्धी १६ दिने सचेतना अभियान लगायत पालिकाहरूसँग गरिने समन्वयात्मक कामहरू सम्पन्न गरेको थियो ।
प्रमुख गौतमले प्रस्तुत गर्नु भएको प्रस्तावित आर्थिक वर्ष २०८० / ८१ मा जिल्लाको राजनैतिक ,जनसाङ्खिक ,सामाजिक तथा सांस्कृतिक र आर्थिक विवरण संलग्न गरि जिल्ला प्रोफाइल तयार गरिने उल्लेख गरिएको छ। साथै जनताले सेवा लिने सरकारी कार्यालय जिल्ला प्रशासन कार्यालय ,जिल्ला मालपोत ,नापी कार्यालय आदिमा नियमित अनुगमन तथा सुशासन प्रत्याभूति गराउन पहल गर्ने, समृद्ध विकास ,व्यवस्थित विकास र दिगो विकास जस्ता विषयमा चलेको बहसमा प्राज्ञिक अन्तरक्रिया संचालन गरिने छ।
यसै वर्ष विश्व शान्ति सन्देश प्रवाह गर्ने उद्देश्यले पनौती र नमोवुद्दको धार्मिक पर्यटन पदयात्रा गरिने छ भने जिल्लामा आत्माहत्याकोसंङ्ख्या बढिरहेकोले स्वास्थ संस्था मार्फत मनोसामाजिक परामर्शदाताको सेवालाई नियमित गराउने र यस्ता कार्यमा स्थानीय तहसँग समन्वय गरिने छ ।
सुरुको ५ वर्ष सुस्ताएर बसेको जिल्ला समन्वय समिति नेकपा एकीकृत समाजवादीका नेता समेत रहनुभएका दीपक कुमार गौतम समन्वय प्रमुख भए सँगै चलायमान बनेको छ।