काभ्रेपलान्चोक । नेकपा एकीकृत समाजवादी काभ्रेका अध्यक्ष तथा बागमती प्रदेशका निवर्तमान कृषि ,पशुपन्छी तथा सहकारी मन्त्री बसुन्धरा हुमागाँईले पनौती नगरपालिका स्थित १२ नम्बर वडाको नवनिर्मित स्वास्थ्य केन्द्रको उद्घाटन गर्नु भएको छ।
स्वास्थ्य केन्द्र भवन उदघाटको प्रमुख अतिथि समेत रहनु भएका हुमागाईले १२ नम्वर वडामा आयोजीत एक समारोह बीच उक्त भवनको उद्घाटन गर्नु भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै काभ्रे जिल्ला अध्यक्ष हुमागाईले ,५४ सालमा गाविस अध्यक्ष हुँदा सुरु गरिएको स्वास्थ्य भवन अहिले सुविधा सम्पन्न बनाउन नसकिएकोमा खुशी व्यक्त गर्दै सहयोग गर्नु हुने वर्तमान जनप्रतिनिधिहरु प्रति धन्यवाद दिनु भएको छ।
उहाँले भन्नू भयो , म ५४ सालमा गाविस अध्यक्ष हुँदा अग्रजहरुको सल्लाह अनुसार स्वास्थ भवन निर्माणमा केही सकारात्मक पहल भएको थियो । त्यसलाई निरन्तरता दिदै मैले बागमती प्रदेशको सांसद र मन्त्री हुँदा बजेट हाल्न प्रयास गरें,यो भवन यसैको देन हो । यहाँ जनप्रतिनिधि , वडा बासि दाजुभाइ ,दिदीबहिनी , कर्मचारी लगायत स्वास्थस्वयंसेविकाहरु सबैको सहयोग रहेको भन्दै सबैलाई आभारी व्यक्त गर्नु भएको थियो ।
पनौती नगरपालिका शिक्षा र स्वास्थ्यमा केही हदसम्म परिवर्तन भएको र स्वास्थ्य स्वयंसेविकाहरुलाई थोरै भएपनि मोबाइल खर्च उपलब्ध गराउन प्रदेश सरकार र स्थानीय सरकारले भूमिका खेलेको खुलासा गर्नु भयो । कृषकहरुकासमस्यलाईसम्बोधन गर्न दुधमा अनुदान दिन सुरु गरेको थिए , अबका दिनमा त्यो योजनाले निरन्तरता पाउने हो कि नपाउने हो भन्दै आशंका गर्नु भएको छ।
काभ्रे जिल्ला अध्यक्ष हुमागाई ,प्रदेश मन्त्री हुँदा विनियोजन भएको बजेटले उक्त भवन निर्माण सम्पन्न भएको हो ।