चितवन, बैशाख २२
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेनु दाहालको नेतृत्वमा चितवनको भरतपुर महानगरपालिकामा भएको विकास र प्रगति प्रसंसनीय भएको बताउनु भएको छ ।
बिहीबार चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भरतपुरले विकासप्रेमी मेयर पाएको बताउन ुभयो गर्नुभयो ।
रेनुको भाषण सुनेर दंग भएको भन्दै अध्यक्ष नेपालले दाहालले चितवनमा गरेको प्रगतिको प्रतिवेदन सुनेर निकै खुसी भएको बताउनु भयो ’ ।
भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार रेनु दाहाललाई पुष्पकमल दाहाल प्रचण्डको छोरीको रुपमा मात्र बुझ्न नहुने बताउनुभयो । नेताका छोराछोरी पनि योग्यता र क्षमताले मात्र अघि बढ्ने बताउनु भएको हो । रेनुलाई पुष्पकमल दाहालको छोरीका मात्रै हेर्नुहुन्न,’ उहाँले भन्नुभयो , ‘कोही योग्य छन् भने आफ्नो योग्यताका आधारमा आउने हुन् । बाबुको आधारमा होइन । कोही योग्य छ भने छोरी भनेर छेक्नु पनि हुँदैन ।’
नेता नेपालले पवित्र उद्देश्यले अहिलेको गठबन्धन बनाएको र त्यसले राम्रै भएको बताउँदै नमिलेको ठाउँमा मिलाउनुपर्ने बताउनु भयो ।
‘हामीले पवित्र उद्देश्यले संयुक्त अभियान अगाडि बढाएका छौं,’ , ‘यसले गठबन्धन दललाई केही न केही फाइदा भएको छ । अहिले पनि कतिपय ठाउँमा मिलेका छैनन् । म गठबन्धनका नेताहरुलाई भन्न चाहन्छु, नमिलेका ठाउँमा मिलाउनुहोस्, सहमति गर्नुपर्ने ठाउँमा गर्नुहोस् ।’
अध्यक्ष माधवकुमार नेपालले केपी ओली बयलगाढा दर्शनका प्रवर्तक दार्शनिक भएको टिप्पणी समेत गर्नुभयो ।
‘उनी झुटको खेती गर्न जान्दछन् । जोगिनुहोला, नत्र फुर्सदमा पछुताउनुपर्नेछ। विगतमा पनि जबसम्म हामी तीन पार्टी एकताबद्ध हुन सकेनौँ तबसम्म राजतन्त्र कायमै रह्यो। त्यसपछि अहिलेको अवस्थामा पनि गठबन्धन यस्तै परिस्थितिमा बन्यो,’ अध्यक्ष नेपालले भन्नुभयो उहाँले गठबन्धन गर्दा सबै पार्टीलाई केही न केही फाइदा भएको बताउनु भयो ।