चितवन,बैशाख २२
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनविरुद्ध लड्नका लागि गठबन्धन गर्नुपरेको बताउनु भएको छ ।
आज चितवनमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आउनु भएका अध्यक्ष नेपालले पत्रकारहरुसंग कुरा गर्दैै त्यस्तो बताउनुृ भएको हो ।
अध्यक्ष नेपालले सिंङ्गो देशको राजनीतिक भविश्यलाई ध्यानमा राखेर गठबन्धन बनेको भन्दै त्यसको मर्म र भावना अनुरुप अगाडि बढ्न आग्रह गर्नुभयो ।
गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताउनु हुँदै अध्यक्ष नेपालले सत्ता गठबन्धनले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने समेत दावी गर्नुभयो । उहाँले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।
“हामीले नेपालको राजनीतिक परिवर्तनमा सबै पार्टीबीचमा सहकार्य गर्दै आएका छौँ, सहकार्यबाटै सफलता मिल्छ” अध्यक्ष नेपालले भन्नुभयो , “गठबन्धनका दलका नेताले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुपर्छ र गठबन्धनको उम्मेदवारको समर्थनमा लाग्नु पर्छ ।”
अध्यक्ष नेपालले देशमा देखिएको राजनीतिक संटक टार्नका लागि पनि जगन्नाथ पौडेलले त्याग देखाउन आवश्यक भएको बताउनु भएको छ । ‘ पौडेल जीको राजनीतिक प्रतिष्ठा निकै माथि छ । उहाँले अहिले सिंङ्गो देशको राजनीतिक भविश्यलाई ध्यानमा राखेर काम गर्नुपर्छ । प्रतिगमनविरुद्ध विरुद्ध लड्नका लागि गठबन्धन भएको हो । त्यसैले मुलुकको राजनीतिक भविष्यका लागि उमेदवारी फिर्ता लिन म आग्रह गर्छु ।’
मुलुकको राजनीतिक संकट टार्नका लागि गरिएको गठबन्धनको जीत आवश्यक रहेकोले पौडेलले त्याग गर्नुपर्ने नेपालको भनाई थियो ।