काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले निन्दा भत्र्सना र गाली गलौजको राजनीति केपी शर्मा ओलीले सुरु गरेको बताउनु भएको छ।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले प्रधानमन्त्री मुलुकको सबभन्दा ठूलो गुरु भएको बताउँदै ओली प्रधानमन्त्री बनेको समयमा निन्दाको राजनीति गरेको बताएका हुन्।
महासचिव भुसालले भन्नुभयो,‘आज नेपाली राजनीति, सामाजिक मिडियामा निन्दा भत्र्सना, गाली गलौजको डरलाग्दो बाढी आएको छ, यो विकृतिको करण ओलीजी हो।’
ओलीको व्यक्तिवादी लोक रिझ्याईको राजनीति ठक्कर खाएपछि नयाँ पपुलिस्टहरू आएको भुसालले बताउनु भयो। नयाँ राजनीतिक दलहरूतर्फ संकेत गर्दै उहाँले भन्नुभयो,‘तिनीहरुले राजनीतिलाई असाध्यै सस्तो ठानेका छन्। तिनका कुरा सुन्नुस्,भाषा सुन्नस्, राजनीति केही होइन, चुट्कीका भरमा गर्ने हो भनेर सोच्दैछन्।’
यो फन्टुस नयाँ जेनेरेसन भएकाले नै आफूले ओलीको मानषपुत्र भनेको भुसालको तर्कछ। एमालेले हस्तक्षेप नगर्ने भुसालको दाबी छ। ओलीकै कारण एमाले झन संकटग्रस्त बस्ने भन्दै उहाँले सुनाए, ‘जति संकटग्रस्त बन्छ,अझबढी ओली भक्ति चाहन्छ। जति बढी भक्ति हुन्छ,त्यति बढी संकट आउँछ। जति बढी संकट आउँछ, त्यति नै बलियो,ओलीप्रति समर्थण, पूजाले मात्र पूरा गर्छ। संकटमा पर्ने, अझबढी ओलीवादी हुने, संकटमा पर्ने, अझ बढी ओलीवादी हुने एमालको प्रवृत्ति हो । यसबाट एमाले १/२/३ निस्कन सक्दैन।’
संविधानलाई कार्यान्वयन गरेर मुलकलाई निकास दिन कांग्रेसको सिद्धान्तले नदिने उहाँको दाबी छ। एकीकृत समाजवादीका महासचिव भुसाल भन्नुभयो, ‘यो बेलामा हाम्रो भूराजनीतिका कारणले हाम्रो समाजको विविधताभित्र खेलेर हामीलाई भाँड्ने, भड्काउने, आपसमा जुधाउने शक्तिहरु विस्तारै सक्रिय हुँदैछन्।’