काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको छैठौं बैठक मंगलबार (आज) देखि सुरु हुँदैछ।
पार्टीका उपमहासचिव एवं पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक कान्तिपुर गार्डेन ब्याङ्क्वेट, वालकुमारी, ललितपुरमा बिहान १० बजेदेखि सुरु हुनेछ।
आइतबार र सोमबार पोलिट्ब्युरो बैठक सम्पन्न भएको थियो। उक्त बैठकमा पार्टीको वैचारिक, साङ्गठनिक महत्व, राष्ट्रियताको रक्षा, संवर्द्धन, जनजीविकाको सवाल र समाजवादी बाटोका बारेमा छलफल भएको छ।
आजदेखि सुरु हुने बैठकमा पनि पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुनेछ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले साङ्गठनिक प्रतिवेदन बैठकमा छलफलका लागि पेस गर्नुहुने जनाइएको छ । ती दुवै प्रतिवेदनमा आवश्यक सुझावसहित परिमार्जन गरिने छ । समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा देखिएका चुनौती तथा सम्भावनाबारे समेत बैठकमा बहस हुने जनाइएको छ । बैठक यहि भदाै ७ गतेसम्म चल्नेछ।