काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को चौथो पोलिट्ब्युरो बैठक सम्पन्न भएको छ।
आइतबार र सोमबार गरी दुई दिनसम्म चलेको बैठमा ४८ जना नेताहरूले आफ्ना कुराहरू राख्नु भएको छ। आइतबार उमेश डागी, कृष्ण पन्त, कृष्ण खनाल, कृष्ण सापकोटा, गङ्गा नेपाल, गणेश बिके,गणेश काङ्वाङ्, गोपाल बराल, चन्द्र ब.शाही, चिरन्जिवी आचार्य, टहल ब खडका, दिनेश राई, दिलु पन्त, देउमान सम्बाहम्फे, देव शन्कर, धर्म निरौला, निरा जैरु, निर्मल सुबेदी, परमानन्द भट्ट, पी.एल., श्रेष्ठ,प्रभा बज्राचार्य, प्रमोद उपाध्याय, प्रेम नारायण पौडेल, प्रेमल खनाल, बलदेव चौधरी र बशन्त मानन्धरले बैकठमा आफ्ना कुराहरु राख्नु भएको थियाे।
त्यस्तै सोमबार पार्टी अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहित भवानी खापुङ, राजेन्द्रमान श्रेष्ठ, हंश बहादुर शाह, होम बुडाथोकी, हनुमान चौधरी, सोम प्रसाद पान्डे, सुधीर साह, सरला यादव, शेर बहादु के.सी., शिव भण्डारी, श्रीनाथ बराल, राममणी पोखरेल, रामचन्द्र साह, रामकुमार भट्टराई, राजेन्द्र लोहनी, रजुदिन आलम, महफुज अन्सारी, मेट्मणी चौधरी, महेश रेग्मी, भाष्कर काफ्लेले आफ्ना कुराहरु राख्नु भएको छ।
पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार उत्साहपूर्वक छलफलमा भाग लिएकोमा नेताहरूलाई अध्यक्ष नेपालले धन्यवाद ज्ञापन गर्नु भएको छ। मुलुकको संविधान, लोकतन्त्र र स्थायित्व धरापमा पर्ने अवस्था आएपछि आफूहरुले विद्रोह गर्नु परेको अध्यक्ष नेपालको भनाई थियो। साथै अध्यक्ष नेपालले राजनीतिक र वैचारिक रुपमा विद्रोहको पुष्टि भइसकेको बताउनु भएको छ।