काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक भदौ ३ गते (भोलि) सुरु हुने भएको छ।
शनिबार काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्यूरो बैठक बस्ने निर्णय गरेको हो।
पार्टीका महासचिव घनश्याम भुसालले बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुने जानकारी दिनुभयो ।
उहाँले बैठकमा सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा, पछिल्लो समयमा विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमको विश्लेषण, आसन्न केन्द्रीय कमिटी बैठक र पार्टीको महाधिवेशनको निर्णय गर्ने विषयमा छलफल गरिने बताउनु भयो ।
त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनु भएको छ।
नेकपा (एकीकृत समाजवादी) को ५,६ र ७ गते सम्पन्न हुने केन्द्रीय कमिटीको बैठकले आगामी माघमा राष्ट्रिय महाधिवेशनको मिति तय गर्नेछ।