धर्मराज निरौला
गिद्धहरू उपवास बसेको
हुँडारहरू मन्दिर पसेको ,
भ्रष्टहरू भ्रष्टाचार विरुद्ध
कुर्लि-कुर्ली नारा लगाको,
चोरहरूले चोरी मुद्दा
अनुसन्धानमा खोजबिन खेलेको,
सोझा तल सधैँ छक्क
तिन्कैथाप्लाँ जाँतो पेलेको।।
आफै माग्ने आफै दाता
जतिबेलै माथि उन्कै हात,
आफै बिगारो आफै सपारो
रंग फेर्ने ठिक्क छेपारो,
निउनिकालो घुर्की लायो
हेप्प्यो जनता फुर्ति लायो,
जनहितमा सिन्को नभाँचो
जनप्रिय मै हुँ डंका पिटायो ।।
उखान टुक्का हास्ने कथाहा
बिज्ने बोली बोल्ने बिथाहा,
खुर्चे खेल्यो आग्रह पाली
खसाल्यो साथी शत्रु उचालि,
मित्रहरु कन धोई पखाली
जाल-झेलले पाखा निकालि,
ख्वामित जिम्मा आस्था -निष्ठा
नगद नारायण प्राप्ती प्रतिष्ठा।।
घर-घर,टोल, गाउँ गाउँ
भ्रष्ट चिन्न छलफल चलाउँ,
आम्दानि छैन खर्च बड्ता
जस्ले गर्छ उहीँ हो भ्रष्ट ,
सबै-पार्टी,सबै कमिटी
निर्मम् छलफल चलाउ साथि,
फुर्ति फार्ति नक्कल ढर्रा
भ्रष्टहरुलेअचाक्लि गर्ला ।।
एक्कासि धेरै कमाई देख्दा
पावनी पर्वमा खर्चिलो भेट्दा,
अस्वभाविक हाउभाउ हेरौ
जो जे भएपनि घृणाले बेरौं,
भ्रष्ट बिरोधि अभियान छेडौं
नवचेतनाको दियो बालि ,
धमिरा हुन यी भ्रष्टाचारि
लागौनछोडौ सखाप नपारी।।
२०८०/४/२२