काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) दोलखा काठमाडौँ सम्पर्क मञ्चको अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौँमा सम्पन्न सम्मेलनले बिकल श्रेष्ठ अध्यक्ष रहेको ३५ सदस्यीय कमिटी चयन गरेको छ ।
मञ्चको उपाध्यक्षमा वासु भण्डारी र पूर्ण बहादुर खड्का ,सचिव नवयुग श्रेष्ठ ,उपसचिव रञ्जना भुजेल र ईश्वर कार्की र कोषाध्यक्षमा गोपाल प्रसाद दहाल चयन हुनु भएको छ ।
कमिटीको सदस्यहरूमा केशव शिवाकोटी, महेन्द्र तमाड, बासु पोखरेल, सागर दहाल, नृपध्वज खत्री,संस्कृतीबराल,प्रजिना बुढाथोकी, शिवराज भण्डारी, श्याम ढुङ्गेल, कुमार विक्रम गहतराज, सीता पान्डे, नारायण बस्नेत, रामकृष्ण खड्का लगायत रहनु भएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पार्टीका केन्द्रिय पोलिट्ब्युरो सदस्य शिव प्रसाद भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।
दोलखा काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष हरिहर कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय महासचिव घनश्याम भुसाल, पोलिट्ब्युरो सदस्य शिव प्रसाद भण्डारी, केन्द्रिय सदस्यहरु गोपाल न्यौपाने,महेन्द्र बहादुर कार्की, चुनुकेसि, अनुशासन आयोगका केन्द्रिय सदस्य भुवनसिं थापा, जिल्ला कमिटी अध्यक्ष भिमदहाल,सचीव अशोक दहाल,उपसचिवसंगितापाख्रीन,सपर्क मञ्चका उपाध्यक्ष हरि आचार्य,सचिव बिकल श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो।