काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको १६औं बैठक सम्पन्न भएको छ।
साउन २० र २१ गते दुईदिन चलेको बैठकमा ३० जना नेताले आफ्ना विचार राख्नु भएको छ। पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा सम्पन्न स्थायी कमिटीकाे १६औँ बैठकले समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्यभार सम्बन्धि छलफल गरेकाे छ।
आजको बैठकमा माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुषाल, शिभ ब देउजा, रत्नेश्वर गोइत, बलराम बासकोटा, रामपृत पासमान, भानुभक्त जोशी, विरोध खतिवडा, लक्स्मण पौडेल, उर्बादत्त पन्त, देव सिङ महत, माधव पौडेल, गोबिन्द कोइराला, साध्य भण्डारी, तुल बहादुर गुरुङ, आलोक रायमाझी, साबित्रा भुसाल, भविश्वर पराजुली, भरत श्रेष्ठ, शत्रुधन महतो, सारदा प्रसाद सुवेदी, गरिमा शाह, कल्याणी खडका, राम चन्द्र यादव, बन्शिधर मिश्र, नागेन्द्र चौधरी, जीवनराम श्रेष्ठ र रामकुमारी झाक्रिले धारणा राखेकाे पार्टी प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिनु भयाे।
एकीकृत समाजवादीको पोलीट ब्युरो बैठक भदौ ३ देखि ४ गते र केन्द्रीय कमिटीको बैठक भदौ ५ देखि ७ गतेसम्म बस्दैछ ।
निर्णय हेर्नुहोस्