काठमाडौ । श्रमिकहरूको अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र विश्व ट्रेड युनियन महासंघ (WFTU) ले क्युबाली जनताले सञ्चालन गरेको क्रान्तिकारी जुझारु संघर्षको आन्दोलन प्रति ऐक्यबद्धता प्रकट गर्न विश्वव्यापी अभियान सञ्चालन गरेको छ ।
विश्व ट्रेड युनियन महासंघका अध्यक्ष प्रेमल कुमार खनाल र महासचिव लोकराज भुसालले बुधबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै जुझारु संघर्षकोआन्दोलन प्रति ऐक्यबद्धता प्रकट गर्न बिश्वव्यापी अभियान सञ्चालन गर्ने जनाउनु भएको हो ।
जारी विज्ञप्तिमा भनिएको छ विश्वका प्रगतिशील एवं समाजवादी विचार पक्षधर श्रमिकहरुको अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र विश्व ट्रेड युनियन महासंघ (WFTU) ले २६ जुलाइ २०२३ का दिन क्युवाली जनताले आफ्नो लोकतान्त्रिक हक र राजनैतिक स्वतन्त्रताका लागि बिगत लामो समयदेखि न्यायपूर्ण संघर्ष गरिरहेका छन ।
क्युवाली जनताले गरेको बिरतापूर्णसंघर्षलाई अमेरिकी साम्राज्यबाद र उसका पक्षपोषक साम्राज्यबादीहरुले निर्ममतापूर्वक दमन, धरपकड, हस्तक्षेप गरिरहेका छन । न्यायपूर्ण संघर्षमा रहेका क्युवाली जनतालाई ब्यापक रुपमा धरपकड गरि जेल र यातना दिएर सताई रहेको छ ।
सो सम्बन्धमा हामी नेपालमा क्रियाशील रहेका बिश्व ट्रेड युनियन महासंघसंग आबद्ध राष्ट्रिय स्तरका ट्रेड युनियन महासंघहरुको साझा संजाल विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपाल र यस सँग आबद्ध नेपालका लाखौं श्रमिक मजदुर बर्गको तर्फबाट क्युवाली जनताको न्यायपूर्ण क्रान्तिकारि संघर्ष प्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्दछौ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा महान क्युबाली जनताको न्यायपूर्ण आन्दोलनलाई अमेरिकी साम्राज्यबादीहरुबाट गरिएको बर्बरतापूर्ण दमन, ज्यादती र हस्तक्षेप प्रति गहिरो र दुःखका साथ खेद प्रकट गर्दछौ । क्युबाली जनताको न्यायपूर्ण आन्दोलनको सिलसिलामा नागरिकहरु प्रति गरिएको धरपकड हत्या हिंसा, जेल, नेल जस्ता सँजायहरु प्रति दुःख ब्यक्तगर्दछौं । साथै त्यस प्रकारका सबै प्रकृतिका साम्राज्यवादी हस्तक्षेप, धरपकड, ज्यादती बन्द गर्न र बिनासर्त क्युवाली न्यायपूर्ण आन्दोलनका सम्मानित सङ्घर्षशील योद्धाहरूलाई सम्मानजनक रिहाइको जोडदार माग गर्दछौँ भनिएको छ ।
भौतिक रुपमा हामीहरू क्युवाली जनताबाट टाढा भए पनि मानसिक, नैतिक एवं वैचारिक रुपमा सधै न्यायपूर्ण सङ्घर्षको पक्षमा ऐक्यबद्धता रहि रहने प्रतिबद्धता व्यक्त गर्दछौँ भनिएको छ ।