काठमाडौ, बैशाख १९
काठमाडौमा १३३ओै मे दिवशको अवसरमा विश्व ट्रेड युनियन महासंघ समन्वय समिति नेपालद्वारा आयोजित “राष्ट्रिय श्रम आयोगको आवश्यकता र महत्व” विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रमका अतिथिहरूमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटीयुसीसीका महासचिब नवराज दाहाल , आई एल ओ प्रतिनिधि सोलोमन राजवंशी , श्रम विभागका महानिर्देशक उमाकान्त आचार्य ,अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष जय कार्की , क्रान्तिकारी ट्रेड युनियन महासंघ अध्यक्ष राजन तिम्सिना , ट्रेड युनियन इन्टरनेसनल पब्लिक सर्भिस एण्ड एलाइडका उपाध्यक्ष भोलानाथ पोख्रेल ,नेपाल ट्रेड युनियन फेडरेशनका महासचिब कृष्ण थापा ,टियुआइ का पेन्सनर रिटायर्ड उपाध्यक्ष मोहन बहादुर केसी , राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियनका महासचिव कृष्ण बहादुर राउत , अखिल नेपाल ट्रेड युनियन महासंघका पुरूषोत्तम कार्की , राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियनका प्रतिनिधि अनुपमा कोइराला , पेशागत महासंघका महासचिब राम प्रसाद रिमाल लगायतले कार्यक्रमको ओैचित्यता माथि प्रकास पार्दै शुभकामना मन्तव्य प्रस्तुत गर्नु भएको थियो
नयाँ वानेश्वर स्थित सहकारी प्रशिक्षण केन्द्रमा भएको कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष तथा विश्व ट्रेड युनियन महासंघ समन्वय समिति नेपालका संयोजक प्रेमल कुमार खनालले कार्यक्रमको ओैचित्य माथि प्रष्ट पार्दै श्रम विवाद न्युनिकरण गर्न, श्रममुलक अध्ययन अनुसन्धान गर्न, श्रमनीति तर्जुमा गरि सरकारलाई सुझाव दिन, सामुहिक सौदाबाजीलाई प्रबर्द्धन गर्न, अर्धन्यायिक,स्वतन्त्रता , अधिकार सम्पन्न राष्ट्रिय श्रम आयोग गठनको आवश्यकता बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो ।
श्रम मन्त्रालयका सचिब डा. दीपक काफ्ले द्वारा विषयको वारेमा उठेका प्रश्न र जिज्ञासाका वारेमा प्रष्ट पार्दै आवश्यक नियम कानुन र प्रक्रिया पुयाइ श्रम आयोग गठनलाई श्रमिकको हक अधिकार र सुरक्षाको ग्यारेन्टी गर्दै श्रम मन्त्रालय अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
समन्वय समिति नेपालका सह-संयोजक मोहनमान स्वाँरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको महासचिव लोकराज भुषालले बताउनु भयो ।