काठमाण्डौ नेपाल नेवा राष्ट्रिय सङ्घ समाजवादी को बागमती प्रदेशको प्रदेश स्तरीय प्रथम भेला सम्पन्न भएको छ । भेलाले बागमती प्रदेश र काठमाण्डौ र महानगर कमिटी गठन भएको छ ।
बाग्मती प्रदेश स्तरीय प्रदेश भेलाले जगन्नाथ श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय बाग्मती प्रदेश कमिटी गठन भएको छ । समितिका उपाध्यक्षमा गौतम कर्माचार्य, महिला उपाध्यक्ष यादवकुमारी श्रेष्ठ ,सचिव राजेन्द्र सिपाई उपसचिवमा रामगोपाल चगुठी अञ्जु श्रेष्ठ र कोषाध्यक्षमा वसन्त माली रहनु भएको छ ।
यसैगरी काठमाण्डौ महानगर कमिटीमा सुरेन्द्र रञ्जितको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन भएको छ । कार्यक्रम नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नेपाल नेवा राष्ट्रिय सघ (समाजवादी ) केन्द्रिय अध्यक्ष माईला बाबु ध्योलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) का उप महासचिव गङ्गालाल तुलाधर र उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडा , सचिव जिवन राम श्रेष्ठ , पार्टीका बागमती प्रदेश अध्यक्ष साबित्राभुसाल,पोलितब्युरोसदश्य तथा बागमति प्रदेश का माननिय कृषि तथा पशुपक्षि मन्त्री डा.राजेन्द्रमान श्रेष्ठ, अर्का पोलितब्युरोसदश्य कृष्ण लाल महर्जन,ओम कुमारी श्रेष्ठ आदिवासी जनजाति महासङ्घ (समाजवादी) का अध्यक्ष पासाङ शेर्पा, उपाध्यक्ष रामचन्द्र वल केन्द्रिय सदस्य जानुका श्रेष्ठ , शान्ता कुमारी पाख्रिन , रामेश्र्वर श्रेष्ठ , पार्टीका काठमाण्डौ जिल्ला अध्यक्ष एल.पि.श्रेष्ठ,नेपाल नेवा राष्ट्रिय सघ (समाजबादी ) का सल्लाहकार न्हुच्छे बहादुर ढुकुछु तथा ओम चरण अमात्य , जातीय घटक सङघकाअध्यक्षहरु क्रमश लाप्साङ पाख्रिन , गङ्गा गुरुङ्ग,सङ्गिता पाख्रिन , नेपाल नेवा राष्ट्रिय सघ (समाजबादी ) का उपाध्यक्ष उषा बज्राचार्य, सुलक्षना शाक्य र सचिब अम्बिका श्रेष्ठ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
भेलालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमख अतिथि अध्यक्ष नेपालले बागमति प्रदेश अन्तर्गतका १३ वटै जिल्ला मा ब्यापक प्रचार गरी सङ्गठनलाई ब्यापकता र गतिशिल बनाउन जिल्ला जिल्लामा यस्ता कार्यक्रम राख्नुपर्ने धारणा ब्यक्त गर्नुभयो।
नेपाल कम्युनिष्ट पार्टी (समाजबादी ) ले देश र जनताको समस्यामा चासो राखेको ,सामाजिक आर्थिक सास्कृतिक तथा राजनितिक परिवर्तनमा आफ्नो पार्टीले अग्रणी भुमिका निभाएको र आर्थिक सामाजिक क्रान्ति वाट समाजमा परिवर्तन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले विभिन्न जाति धर्म संस्कार र संस्कृतिको संरक्षण संवर्धन र प्रवर्धनमा समानता र सम्मान गरेमात्र सबै जातजाति धर्मालम्बिहरुको शिर उच्च हुने धारणा ब्यक्त गर्नुभयो। पार्टीको नीति दिशा स्पष्ट र ठीक रहेको धारणा ब्यक्त गर्दै समाजवादी सिद्धान्तलाई सहिवाटोमा पुर्याउन समाजवादी मोर्चा गठन गरेको कुरा समेत स्पष्ट पार्नुभयो। पार्टीका घटक सङ्गठनहरु अधिराज्यभरी सक्रिय रहेकोले आफू उत्साहित रहेको धारणा ब्यक्त गर्दै निर्वाचित जनप्रतिनिधीहरुले नमुना काम गरेर देखाउनुपर्ने कुरालाई जोड दिनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) का उप महासचिव गङ्गालाल तुलाधरले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्दा संस्थापक पाँचै जना पुष्पलाल श्रेष्ठ (रामेछाप ), नारायण विलास जोशी (भक्तपुर) , नरबहादुर कर्माचार्य (ललितपुर ), मोतीदेवी श्रेष्ठ(काठमाण्डौ) ,निरञ्जन गोविन्द बैध्य ( काठमाण्डौ) नेवार नै रहेको कुरा स्मरण गराउदै नेपाल कम्युनिष्ट पार्टीले कहिल्यै जातिय विभेद नगर्ने तथा नेवार जातिले सबैलाई उचित सम्मान गर्ने गरेको धारणा ब्यक्त गर्नुभयो।
अर्का उप महासचिव तथा प्रचार विभाग प्रमख जगनाथ खतिवडाले पार्टी र नेताहरुले गरेका कामको प्रचार प्रसार तथा समाचार सम्प्रेषण लाई जोड दिनुपर्ने बताउनु भयो । सबै जातिको भाषा ,धर्म ,सस्कृतीको हितको नेतृत्व गर्न ध्यान दिदै समुदायको सङ्गठनको रुपमा स्थापित हुनुपर्ने धारणा राख्नुभयो।
पार्टीका सचिव जिवन राम श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्दा संस्थापक पाँचै जना नेवार नै रहेको कुरा स्मरण गराउदै घटक सङ्गठनका सामुदायिक मुद्दालाई पार्टीले मनन गर्नुपर्ने,सबै प्रकारका जातजाति लाई राजनितिको मूलधारमा ल्याउनुपर्ने नीति निर्माणमा अवसर दिनुपर्ने र यस्को लागी सङ्गठनको प्रयास हुनुपर्ने कुरा लाई जोड दिनुभयो ।
पार्टीका बागमती प्रदेश अध्यक्ष साबित्रा भुसालले पार्टीको सदस्यता व्यवस्थित र अभिलेखीकरण लाई जोड दिदै आगामी निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउन सबैले भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा जनजाती महासङ्घका अध्यक्ष पासाङ शेर्पाले बिभिन्न जातजातिको तथ्याङ्क प्रस्तुत गर्दै आगामी निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउन घटक सङ्गठनहरुले महत्वपूर्ण भूमिका खेल्न सकिने र खेल्नुपर्ने कुरामा जोड दिनुको साथै घटक सङ्गठन आर्थिक रुपले सक्षम हुनुपर्ने र यस्को लागी योजना बनाउनुपर्ने कुरामा जोड दिदै भेलाको सफलताको कामना गर्नुभयो । कार्यक्रमको सञ्चालन नेपाल नेवा राष्ट्रिय सघ ( समाजवादी ) का केन्द्रिय महासचिव भाईकृष्णवलामी र जीवनकुमार कपालीले गर्नुभएको थियो । स्वागत मन्तव्य केन्द्रिय सदस्य जगनाथ श्रेष्ठले गर्नुभएको थियो ।