काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) सिरहा काठमाडौं सम्पर्क मञ्चको १३ औं सम्मेलन सम्पन्न भएको छ । शनिवार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको सभाहलमा सम्मेलन सम्पन भएको हो ।
सम्मेलनले सञ्जीव कुमार यादव अध्यक्ष रहेको समिति गठन गरेको छ । जसको उपाध्यक्षहरू अरुण साह, वविता यादव, सचिव ओम प्रकाश यादव, उपसचिवहरू अगम महतो, अनिल सिंह, कोषाध्यक्ष दीपक यादव चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमासंजिता कुमारी, सुजिता यादव, विनिता यादव, राम कुमार साह, सुनिल सिंह, नविन सिंह, सुरेश सिंह रहेको जिल्ला सम्पर्क मञ्च गठन भएको छ ।
सम्मेलनबाट सर्वसम्मत निर्वाचित सिरहा काठमाडौं सम्पर्क मञ्चका पदाधिकारी तथा सदस्यहरूलाई अध्यक्ष मण्डलका अध्यक्ष मुक्ति यादव अध्यक्ष मण्डलका सदस्य हरिदेव यादव, शत्रुधन प्रसाद चौधरीले बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो भने प्रमुख अतिथि सत्यनारायण यादवले शपथ ग्रहण गराउनुभएको थियो।
सम्मेलनको प्रमुख अतिथि पार्टी केन्द्रीय कमिटी सदस्य एवं मधेश प्रदेश सम्पर्क कमिटीका इन्चार्ज सत्यनाराण यादव अन्य अतिथिहरुमा सम्पर्क विशेष प्रदेश कमिटीका सदस्य मुक्ति यादव, मधेश प्रदेश सम्पर्क कमिटीका अध्यक्ष बेदनाथ कोइराला, सचिव हरिदेवयादव,आर्थिक विभाग प्रमुख शत्रुधन प्रसाद चौधरी, सदस्य जया कुमारी यादव, जिल्ला कमिटी सिरहा का सचिवालय सदस्य चन्द्रनारायण यादव, सप्तरी काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष विरेन्द्र प्रसाद चौधरी, प्रा. संजय यादव हुनुहुन्थ्यो।
सम्मेलनमा प्रमुख अतिथिहरू सत्यनारायण यादव, बेदनाथ कोइराला, चन्द्रनारायण यादव, विरेन्द्र प्रसाद चौधरीले शुभकामना मन्तव्य राख्नु भएको थियो भने सम्पर्क मञ्चका अध्यक्ष कमल यादवले स्वागत मन्तव्य राख्नु भएको थियो। सम्मेलनमा अध्यक्ष मण्डलको अध्यक्ष मुक्ति यादव सदस्य हरिदेव यादव र शत्रुधन प्रसाद चौधरी हुनुहुन्थ्यो ।