कालिकोट। राष्ट्रिय जनसाँस्कृतिक महासंघ समाजवादी र अखिल नेपाल किसान महासंघ कालिकोटको जिल्ला भेला संयुक्त रूपमा सम्पन्न भएको छ।
रामबहादुर बिष्टको अध्यक्षतामा बुधबार सम्पन्न भएको अधिवेशनसहितको संयुक्त भेलाले राजपुरा चौलागाईंलाई जनसाँस्कृतिक महासंघ समाजवादी, कालिकोटकाे अध्यक्षमा चयन गरिएको छ।
त्यस्तै उपाध्यक्षमा बल विक, सचिवमा बबिता शाही, उपसचिवमा निर्मला बिष्ट, कोषाध्यक्षमा पुष्पा सिंह रहेको ११ सदस्यीय जनसाँस्कृतिक महासंघ गठन गरिएको जिल्ला कमिटी उपाध्यक्ष चित्र सिंह ‘गाउँले’ ले जानकारी दिनु भएको छ।
त्यस्तै ऐन सञ्ज्यालको अध्यक्षतामा १३ सदस्सीय किसान महासंघ कालिकोट गठन गरिएको छ। उपाध्यक्षमा राधिका शाही, प्रेमबहादुर शाही, अने विक र सचिवमा बलिराज शाही, उपसचिवमा सर्पराज शाहीलाई चयन गरिएको छ।
भेलामा केन्द्रीय कमिटी सदस्य तथा कालिकोट इन्चार्ज तुलाराज सिम्खाडा, केन्द्रीय सदस्य विजया विष्ट, जिल्ला अध्यक्ष विश्वराज बम, जिल्ला कमिटी उपाध्यक्ष चित्रसिंह गाउँले, कमल बहादुर शाही, केन्द्रीय परिषद सदस्य लालबहादुर मल्ल र प्रदेश कमिटी सदस्य मनिराज वराल, रंगराज सिम्खाडा, दान बहादुर विश्वकर्मा र जिल्ला कमिटी उपसचिव कृष्णकला पाण्डेको उपस्थिति रहेको थियो।