काठमाडौँ। समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ।
जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष्यमा विश्वमणी सुवेदी निर्वाचित हुनु भएको छ। नवनिर्वाचित अध्यक्ष सुवेदीले १४७ मत प्राप्त गर्नु भयो भने अर्का अध्यक्षका उम्मेवादार भुपराज खडकाले ११९ मत प्राप्त गर्नुभयो। त्यस्तै अध्यक्षकै अर्का उम्मेदारा राघव साहले जम्मा १५ मत प्राप्त गर्नु भएकोछ।
खुला उपाध्यक्षमा नवराज छत्कुल्ली १५० मतकासात विजयी हुनु भएको छ। त्यस्तै अर्का उम्मेदार राजेन्द्र कुवरले ११६ मत प्राप्त गर्नु भएको छ। महिला उपाध्यक्षमा अस्मिता गिरी विजयी बन्नु भएको छ। अर्का उम्मेदार उर्मिला कुवरले ९० मत प्राप्त गर्नु भएको छ।
उपाध्यक्ष सुदुरपश्चिम उपाध्यक्षको लागि दुई जनाको उम्मेदारी परेको थियो। जसमा नरेन्द्र भट्ट १७४ मतकासाथ विजयी बन्नु भएको छ। त्यस्तै मिन ठकुरीले ८३ मत प्राप्त गर्नुभयो। महासचिवमा रामकुमार एलन १३९ मतका साथ विजयी हुनु भएको छ। त्यस्तै महासचिवका अर्का उम्मेदार हृदय भुसालले १३० मत प्राप्त गर्नु भएको छ। उपमहासचीवमा
प्रेम गौतम (१६४), लेखनाथ सिकारू (१३९) र प्रतिज्ञा बुढा मगर (१२२) विजयी बन्नु भएको छ। उपमहासचिवका उम्मेदार धनराज वास्तविक र देवि सापकोटाले समान ८२/८२ मत र गोविन्द सुवेदीले ८० र सविन शर्माले ७० ले मत प्राप्त गर्नु भएको छ।
त्यस्तै खुल्ला सचिवमा ९ जनाको उम्मेदारी परेको थियो। अनिल शाही (१३६), शिव प्रसाद ढुंगाना (११७), पूर्ण बहादुर कार्की विजयी बन्नु भएको छ। आशिष गुरागार्इ (८६) ,धनविर दाहाल (६३), समर रोकाया (४१), निर्मल अधिकारी (७९), शिवलाल सुबेदी (७२), तपेन्द्र कुवर (२५) मत प्राप्त गर्नु भएको थियो।
त्यस्तै महिला सचिवमा कान्ति न्यौपाने (१२८) विजयी बन्नु भएको छ। त्यस्तै अर्का उम्मेदार कालिका सिवाकोटीले १०२ मत प्राप्त गर्नु भएको छ। रमा न्यौपानेले ४२ मत प्राप्त गर्नु भएको छ। दलित सचिवमा प्रदिप नेपाली १५१ विजयी भन्नु भएको छ। त्यस्तै विष्णु रैगाइले ८९ मत प्राप्त गर्नु भएको छ। कोषाध्यक्षमा कृपा भण्डारी (१३९) वियजी बन्नु भएको छ। त्यस्तै रामचन्द्र बस्नेतले २७, मधुकर लुइँटेल (४०), जमुना गजुरेल (६०) मत प्राप्त गर्नु भएको छ।
सुदूरपश्चिमबाहेक अन्य ८ प्रादेशिक उपाध्यक्ष निर्विरोध निर्वाचित बन्नु भएको छ। ३४ खुल्ला सदस्यमा २४ जनाको मात्रै उम्मेदारी परेको थियो।