बुटवल, बैशाख १७
पाँच दलिय गठबन्धनका तर्फबाट बुटवल उपमहानगरपालिकाका उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले मतदाताहरुमाझ बुटवललाई गौरब गर्न लायक बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।
पछिल्लो पाँच बर्षमा सडक निर्माणमा स्थानीय सरकारले चासो दिन नसक्दा बुटवलबासी भन्न लाजमर्दो भएको र बुटवलको मुख्य सडकको अस्तव्यस्तता, भित्री सडकको व्यवस्थापन गर्दै सुन्दर र व्यवस्थित बुुटवल बनाउने मतदाताहरुलाई विश्वास दिलाउनु भएको हो ।
शनिबार बुटवल उपमहानगरपालिका वडा नं. ३, १० र १२ मा मतदातासंगको भेटघाटमा उपमेयर गुरुङले अब बुुटवलमा अव्यवस्थित बसोबासी, सुुकुुम्बासी समस्या, ट्राफिक व्यवस्थापन, चुरे पहाडको पहिरो, खानेपानी, फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।
‘म २०५४ सालदेखि जनप्रतिनिधि भएर बुुटवलबासीको सेवामा खटिएको छुु, बुटवलबासीले चाहेको विकासका लागि अब त्यसको नेतृत्व गठबन्धनले गर्नेछ’ उहाँले भन्नुभयो
जनताको घरदैलौमा पुुगेका गुुरुङलाई मतदाताहरुले बुटवलबासी भनेर गर्व गर्न लायक बनाउन सुुझाव दिएका थिए । बृद्ध आमा, बुुवा र युुवाहरुले आफूलाई मत दिने आश्वासन दिएको उहाँले बताउनु भयो ।
बुटवलमा गठबन्धनबाट काँग्रेसका खेलराज पाण्डे मेयर र नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ उपमेयरमा उम्मेदवार छन् ।
बुुटवलमा काँग्रेस, एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा बीच चुनावी तालमेलगरी गठबन्धन कायम छ ।