काठमाडौँ चैत्र ११
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले दक्षिणपन्थी भासमा भासी सकेको बताउनु भएको छ ।
शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौँको वृहत भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीको जनलहर देखेर बैरी र बिरोधिहरुले मानसिक सन्तुलन गुमाउन थालेको टिप्पणी गर्नुभएको छ ।
उहाले भन्नुभयो हाम्रो पार्टीको लोकप्रियता देखेर केही मान्छेहरु बराली रहेका छन् । नभएका हल्लाहरु चलाइ रहेका छन् । मन्त्री प्रेम आले र किसान श्रेष्ठ एमालेमा प्रवेश गर्ने हल्ला चलाए । यो सब गर्नुको पछाडीको कारण अरुको राम्रो देख्न नसक्नु हो ।
पार्टीको पक्षमा जनलहर बढेको छ । कार्यक्रम स्थल साघुरा बन्न थालेका छन् । कुर्सीहरुको उत्पादन बढाउनु पर्यो पार्टीको सही विचारका कारण, प्रगतिशील विचार र कार्यक्रम भएका कारणले हाम्रो पार्टीप्रति जनताको उपस्थिति बढेको हो ।
हाम्रो पार्टी देशभक्तिको भावनाका साथ अघि बढिरहेकोछ । देशको स्वार्थलाई शीरमा राखेर अघि बढी रहेछ। हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक मूूल्य मान्यतालाई आत्मसात गर्दै समाजवादको स्थपना गर्ने लक्ष्य बोकेको छ ।
हाम्रो पार्टीभन्दा धेरै फरक छ । एमाले दक्षिणपन्थी पार्टी हो । प्रतिगामी पार्टी हो । हाम्रो पार्टी प्रगतिशील पार्टी हो । एमाले व्यक्तिवादमा विश्वस गर्ने गर्छ ।
हामी सामुहिकता विश्वास गर्छौंं । अपमान र घृणाको प्रयायवाची नेतृत्वमा चलेको छ एमाले । हाम्रो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको मुलधार हो। मूल प्रवाह हो । ०३२ मा कोअर्डिनेशन केन्द्रका संस्थापक ५ मध्ये तीन हाम्रो पार्टीमा हुनुहुन्छ । तीन जना उतिबेलै कता जानुुभयो ।
अमृत बोहरा मात्रै एमालेमा हुनुहुन्छ । उहाँको बोली बन्द छ । अष्टलक्ष्मी उतै हुनुहुन्छ । दोस्रो पुस्ताकाले साथ छोडेपनि हामीले हिम्मत हारेनौं । कलम चेतनाको प्रतीक हो । हामीले विजयको यात्राको सुरुवात गरिसकेका छौं । आगामी निर्वाचनमा हाम्रो विजय निश्चित र अनिवार्य छ ।
अध्यक्ष नेपालले आफ्नो नेतृत्वको सरकारले ०६६ मा जनता आवास कार्यक्रम अघि सारेको स्मरण गराउँदै हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग लगायतका विकासका योजनाहरु आफ्नो नेतृत्वको सरकारले सुरुवात गरेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो यो संविधान समाजवादीमुखी हो । जनताका सम्पूर्ण अधिकारलाई सुरक्षीत गर्ने हो । गरिब र महिलामाथि हिँसा भएको छ। यस्ता कुराहरूको विरुद्धमा हामीले काम गर्नुपर्छ।
अध्यक्ष नेपालले अहिले नेकपा एमाले छाड्ने लहर चलेको दाबी गर्नुभएको छ । आफ्नो पार्टीले ६ महिनामै पाएको सफलता अरुले नपाएको बताउनु भएको छ ।
‘हामी ६ महिनामै ७७ वटै जिल्ला, अधिकांश पालिका र अधिकांश वडाहरूसम्म फैलिएका छौं । अधिकांश ठाउँमा हाम्रो कमिटी विस्तार भइसकेको छ’, नेपालले भन्नुभयो ।
एमाले छाडेर एसमा आउनेको लहर चलेको भन्दै उहाँले थपे, ‘अहिले देशभर एमाले छाड्ने लहर चलेको छ, हाम्रो पार्टी प्रवेश गर्ने महाअभियान चलिरहेको छ ।