काठमाडौं, बैशाख १७
कागेश्वरी मनोहरा नगरापालिकाको मेयरका उम्मेद्वार कृष्णहरि थापाले आजबाट घरदैलो कार्यक्रम सुरु गर्नुभएको छ ।
नगरपालिकाका निवर्तमान मेयर थापाले स्थानीय र नेताकार्यकर्ताको उत्साहजनक उपस्थितीमा घरदैलौ कार्यक्रम आयोजना गर्नुभएको हो ।
यसअघि पनि कागेश्वरीको मेयर जितेर जनताको विश्वास जित्नेगरी काम गर्नुभएका मेयर थापाले अर्को अवशर पाउँदा झनै राम्रो काम गर्ने पनि बताउनुभएको छ ।
‘अघिल्लो पटकको काम हेरेर जनताले मत दिनेमा म विश्वस्त छु, मलाई पुन जिताएर पठाएमा कागेश्वरीको विकास अझ राम्रा तरिकाले कागेश्वरीको विकास गर्नेछु,’ मेयरका उम्मेद्वार थापाले भन्नुभयो ।
उहाँले घरदैलो कार्यक्रममा नागरिकले आफूलाई देखाएको सद्भाव देखेर थप हर्षित भएको पनि बताउनु्भएको छ ।
साथै आफूलाई जिताउन कलममा भोट गर्नुपर्ने पनि उहाँको भनाई छ ।
उहाँमात्रै होईन, कागेश्वरी नगरपालिकामा बस्ने बिजु धितालले पनि थापा मेयरको लागि योग्य भएको बताउनुभएको छ । ‘स्थानीय निर्वाचनमा पार्टीमात्र नहेरी विकासवादी व्यक्ति पनि हेरिन्छ, त्यसैले मेयरमा कृष्णहरि थापालाई भोट दिने हो’ स्थानीय धितालले भन्नुभयो ।
उहाँले अरुलाई पनि मेयरमा पार्टी नहेरी मेयरका उम्मेद्वार थापालाई जिताएर पठाउन सबैमा आवह्वान समेत गर्नुभएको छ ।
अर्का एक एमालेका मतदाता शोभा शर्माले भन्नुभयो, ‘मेरो पार्टी एमाले हो, म एमालेको कार्यकर्ता हुँ, तर पनि म भोट भने विकासवादी नेता थापालाई नै दिन्छु ।’
उहाँमात्रै होईन, अघिल्लो पटकको काम हेरेर थापालाई मत दिने धेरै मतदाताले बताएका छन् । मतदाताको हौसला र काम गरेको अनुभवका आधारमा मेयर थापा जित्नेमा विश्वस्त देखिएका छन् । साथै अब, चुनावी कार्यक्रममा नियमित मतदाताको घरदैलोमा पुग्ने पनि थापाको भनाई छ ।