काठमाडौँ । पेसागत महासंघ नेपालका पूर्व अध्यक्षहरूले समानान्तर गतिविधि बन्द गरि एकताबद्ध हुन आग्रह गरेका छन् ।
पेसागत ऐक्यबद्धता मञ्च नेपालका संयोजक सीताराम नेपाल, पूर्व अध्यक्ष प्रा. हर्षनारायण धौभडेल , पूर्व अध्यक्षहरू सुशील चन्द्र अमात्य, प्रमोद शर्मा, विश्वनाथ प्याकुरेलले पेसागत महासङ्घको २९ औैं स्थापना दिवसको अवसरमा संयुक्त वक्तव्य जारी गर्दै त्यसो भनेका हुन् ।
पेसागत महासंघ नेपालका विरुद्ध समानान्तर गतिविधि गर्ने, महासङ्घका नाम, झन्डा ,लोगोको दुरुपयोग गर्ने सबै काम बन्द गरि सम्पूर्ण पेसाकर्मी बिच आपसी एकताको भाव सृजना गर्न र बौद्धिक क्षेत्रका पेसाकर्मीको नेतृत्व गर्ने सबैले तदनुरुप नै अनुशासित ,मर्यादित एवं जिम्मेवार भूमिका निर्वाह गर्न संयुक्तरूपमा अपील गरेका छन् ।
यस्तो छ वक्तव्यको पूर्ण विवरण ।
पेसागत महासब्घ नेपालका पूर्ब अध्यक्षहरुको बक्तव्य
पेसागत महासब्घ नेपालको लैनचौरमा रहेको कार्यालय भवन अगाडि महासब्घका विरुद्ध महासब्घको छाप, लेटरप्याड, लोगो दुरुपयोग गरी अनधिकृत गतिविधि गरिरहेका केही ब्यक्तिहरुले मिति २०८० बैशाख २६ गतेनाराबाजी गरी कार्यालयमा आक्रमण गर्ने प्रयास गरेको घटना प्रति हाम्रो ध्यानाकर्षण भएको छ । मुलुकमा क्रियाशील राष्ट्रिय स्तरका पेसागत संगठनहरु बीचमा आपसी समन्वय गर्दै पेसाकर्मीहरुको शक्तिलाई संगठित र एकीकृत गर्दै राष्ट्रिय शक्ति निर्माण गरेर मुलुकको आर्थिक-सामाजिक विकासमा संगठित तवरबाट योगदान पु¥याउने तथा पेसाकर्मीहरुको हक हितको लागि सामूहिक ढब्गबाट भूमिका निर्बाह गर्ने उद्धेश्यका साथ २०५२ सालमा पेसागत ऐक्यबद्धता मञ्च नेपाल स्थापना गरी पेसागत महासब्घ नेपालको नाममा रुपान्तरण भएको हो।
लोकतन्त्र, मानवअधिकार र ट्रेड युनियन अधिकार हनन भएकोबखत २०६२/०६३ को निरबकुश राजतन्त्र विरुद्धको जनआन्दोलनमा महासब्घको आह्वानमा देश भरका पेसाकर्मीहरु सडकमा ओर्लिएर योगदान पु¥याएको परिणामस्वरूप आन्दोलन सफल भयो र गणतन्त्र घोषणा भयो । निजामती तथा पेसागत क्षेत्रमा ट्रेड युनियन अधिकार आवश्यक छैन भन्ने भ्रमलाई चिर्दै यस क्षेत्रमा ट्रेड युनियन अधिकारको सुनिश्चितताका लागि महासब्घले उठाउदै आएको मुद्वालाई पुनस्थापित प्रतिनिधि सभाबाट २०६३ बैशाख २८ गते उपसचिव स्तर सम्मका कर्मचारीले ट्रेड युनियन अधिकार पाउने प्रस्ताव पारित गराउन सफलता प्राप्त भयो । परिणामस्वरूप निजामती लगायत पेसागत क्षेत्रमा ट्रेड युनियन अधिकार प्राप्त भएपछि पेसागत संगठनहरु ट्रेड युनियनको रुपमा दर्ता भए र पेसागत महासब्घ नेपाल पनि ट्रेड युनियन महासब्घको रुपमा श्रम बिभागबाट मिति २०६५/४/१२ मा दर्ता नं ९/२०६५/०६६ बाट बिधिबत दर्ता भइ नियमित रुपमा
नविकृत हुदै आएको छ ।
महासब्घले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा सम्बन्ध कायम गर्ने क्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) स्थापना गरी नेतृत्व गर्न र विश्व ट्रेड युनियन महासब्घ (WFTU) मा आबद्ध भई सन् २०११ देखि नेतृत्वमा रहेर भुमिका निर्बाह गर्दै आएको छ । पेसागत महासब्घ नेपालले मुलुकमा भ्रष्टाचार न्यूनिकरण गरी सुशासन कायम गर्न, सार्वजनिक संस्थानहरुकोनिजीकरण नीति अन्त्य गरी सुदृढीकरण गर्न, महंगी नियन्त्रण गर्न, राष्ट्रियताको संरक्षण र सम्बद्र्धन गर्न, साम्प्रदायिक सद्भाव कायम गर्न र समय सापेक्ष राष्ट्रसेवक कर्मचारीहरुको तलब सुविधा बृद्वि गर्न सरकार समक्ष माग राखि आन्दोलन संचालन गर्नुका साथै भूकम्प लगायतका विपदका घटनाका बखत उद्धार अभियान संचालन गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरेको र उपलब्धि पनि हासिल गरेको गर्बिलो इतिहास छ । यसका साथै कतिपय व्यक्तिको असहयोगका बाबजुद महासब्घ आबद्ध राष्ट्रिय घटकहरु र जिल्ला समितिका पेशाकर्मी मित्रहरूले अमूल्य सहयोग जुटाएर संकलन गरेको रकमबाट नै २०७२/१/२ गते लैनचौर स्थित ६ आना जग्गामा बनेको घर खरिद गरी आफ्नै भवनमा नियमित केन्द्रीय कार्यालय संचालन हँदै आएको छ ।
पेसागत महासब्घ नेपाल पेसाकर्मीहरुको साझा समन्वयकारी संगठन भएको कारण यस महासब्घमा वैचारिक एवं साझा चरित्रका पेसागत संगठनहरु आबद्ध रहेका छन । महासब्घले नीति र विधानमा कुनै अमुक राजनीतिक पार्टीको जनसंगठन हुने बिषयलाई अस्वीकार गर्दै साझा र स्वतन्त्र रहने मान्यतालाई अब्गीकार गर्दै आएको छ । विभिन्न समयमा राजनीतिक पार्टीहरुको बिभाजन र विखण्डन हुदा पनि विगतमा पेसागत महासब्घ तथा आबद्ध राष्ट्रिय घटकहरु र प्रतिष्ठान स्तरका ट्रेड युनियनहरु समेत विभाजित नभइ पेसागत सहधर्मीताका आधारमा एकता कायम गर्दै सिंगो पेसागत क्षेत्रमा पेसागत महासब्घ नेपालको नेतृत्वमा पेसागत संगठनहरु एकताबद्ध भएका थिए । यसले पेसागत क्षेत्रमा शक्ति सुदृढ भएको थियो । यसै भएर यतिखेर सबै क्षेत्रबाट ट्रेड युनियन अधिकार प्रति आक्रमण भइरहेको स्थितिमा अझ बढी
एकजुट भई अगाडी बढ्नुपर्ने अबस्था रहेको छ ।
पेसागत महासब्घ नेपाल अबिच्छिन्न उत्तराधिकार र वैधानिक संस्था हो । महासब्घलाई निरन्तरताका साथ अगाडि बढाउने भनेकै आबद्ध घटक र कमिटी भित्रका निर्बाचित पदाधिकारी तथा सदस्यहरुहरुले नै हो । यसर्थ छैठौं राष्ट्रिय महाधिवेशनबाट निर्बाचित राष्ट्रिय कमिटीका अत्यधिक बहुमतमा रहेका पदाधिकारी तथा सदस्यहरुले २०७८ असोज ४ गते सातौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरी २०७९ फाल्गुन २९ र ३० गते सातौ राष्ट्रिय महाधिवेशन सम्पन्न भइ नयाँ निर्बाचित नेतृत्वले भूमिका निर्वाह गर्दै आएको छ ।
यसरी पेसागत महासब्घ नेपाल बैधानिक हिसाबले संचालन हुदै आएको अविच्छिन्न संस्था विरुद्ध समानान्तर गतिविधि संचालन हुनु, महासब्घको नाम, झन्डा, लोगो र लेटर प्याड अनधिकृत तवरबाट प्रयोग गरी दुरुपयोग गर्नु तथा महासब्घकै नामबाट आर्थिक कारोबार गर्नु निश्चय पनि दुःखद विषय र गैह्रकानुनी कार्य हो । हिजो महासब्घ तथा राष्ट्रिय घटकमा नेतृत्वमा रहेका अझ राष्ट्रिय अन्तर्राष्ट्रिय नेतृत्व गरिरहेका व्यक्तिहरुको अगुवाइमा जुलुस र हुल इज्जत गरी महासब्घको प्राब्गण अगाडी आइ नाराबाजी गर्नु गराउनु कदापि शोभनीय बिषय हुँदै होइन । यस्ता गतिविधिले अराजकता उत्पन्न गर्ने बाहेक अरु केही पनि हुदैन ।
अन्त्यमा, सम्पूर्ण पेसाकर्मी मित्रहरूमा हामी अपील गर्दछौं कि पेसागत संगठनलाई अमुक राजनीतिक पार्टीको जनसंगठन बनाएर पेसागत आन्दोलनमा विभाजित गराउने र वैधानिक संगठनका विरुद्ध उही नामबाट समानान्तर गतिविधि गर्ने लगायतका सबै खालका गतिविधि बन्द गरी सम्पूर्ण पेसाकर्मीहरु बीच आपसी एकताको भाव श्रृजना गर्न र वौद्धिक क्षेत्रका पेसाकर्मीहरुको नेतृत्व गर्ने सबैले तदनुरुपनै अनुशासित, मर्यादित एवं जिम्मेवार भूमिका निर्वाह गर्न गराउन हार्दिक अपील गर्दछौं । साथै बैधानिक हिसावले सञ्चालन हुँदै आएको पेसागत महासब्घ नेपालको विरुद्ध भएका समानान्तर गतिविधि नगर्न नगराउन नेपाल सरकारको गम्भीर रुपमा ध्यानाकर्षण गराउँदछौँ ।
१) श्री सीताराम नेपाल, संयोजक पेसागत ऐक्यबद्धता मञ्च नेपाल -
२) प्रा. हर्षनारायण धौभडेल, पूर्व अध्यक्ष - (हाल बिदेश)
३) श्री सुशील चन्द्र अमात्य, पूर्व अध्यक्ष -
४) श्री प्रमोद शर्मा, पूर्ब अध्यक्ष -
५) श्री विश्वनाथ प्याकुरेल, पूर्ब अध्यक्ष -
मितिः २०८० जेठ ६ गते