काठमाडौं , वैशाख १६
नेकपा (एकीकृत समाजवादी)का ३५ जना जनप्रनिनिधिहरु निर्विरोध भएका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा आयोति वहिर्गमित जनमुक्ति सेना नेपाल संगको एकता कार्यक्रममा सम्बोधन गर्दै पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताउनु भयो ।
अध्यक्ष नेपालले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिहरु निर्विरोध निर्वाचित भएको बताउनु भएको हो ।
उहाँहरुको एकल उम्मेदवारी परेसँगै पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएको अध्यक्ष नेपालले बताउनु भयो ।
उहाँले राष्टिय सभा निर्वााचनबाटै विजयको सुरुवात भएको प्रसंग जोड्दै आगामी निर्वाचनले प्रतिगमनको धुलाई हुने बताउनु भयो ।
अध्यक्ष नेपालले गठबन्धनमा आवद्ध दलहरु सामुहिक रुपमा अगाडी बढ्नुपर्ने भन्दै गठबन्धनभित्रका दलले अहंकार राख्नु नहुने र वस्तुनिष्ठ भएर चल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले एकीकृत समाजवादी पार्टी पुष्पलाल कालिन कम्युनिष्ट पार्टीको निरन्तरता भएको भन्दै जनतामा परिक्षण भइसकेको पार्टी भएको दाबी गर्नुभयो ।
अध्यक्ष नेपालले आफूहरु वृहत्त वाम एकता संगै लोकतान्त्रप्रेमी शक्तिहरुसंग कार्यगत एकता गरेर प्रतिगमनको विरुध्द संगठित भएर अघि बढ्दै पार्टीको संगठनलाई टोलसम्म बिस्तार गर्न पनि नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो