पोखरा । समाजवादी प्रेस संगठन कास्कीको भेलाले जिल्ला समितिपुनर्गठन गरेको छ । पुनर्गठित कार्यसमितिको अध्यक्षमा रुद्र बहादुर थापा चयन हुनु भएको छ । समितिको उपाध्यक्षमा जैनव खातुन, सचिवमा भीम बहादुर थापा, सह सचिवमा मदन गिरी, कोषाध्यक्षमा रोहित बस्नेत र सदस्यमा कपिल पौडेल रहनु भएको छ ।
भेलाको उद्घाटन गर्दै नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तुल बहादुर गुरुङले मुलुक हाल अन्योलपूर्णअवस्थाबाटगुज्रिरहेकोबताउँदै नेकपा एकीकृत समाजवादी बहुतै जिम्बेवारी ढंगले मुलुकका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताउनु भयो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई छानविन गरि कारवाहीको दायरामा ल्याउन गुरुङले सरकारसँग माग गर्दै राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता जगतको भूमिका यस वेला अझै महत्वपूर्ण रहेको बताउनु भयो उहाँले समाजवादी प्रेस संगठन सँग आवद्ध पत्रकारहरूले राष्ट्रिय राजनीतिमा देखिएको अन्योलपूर्ण अवस्थाको बोध गर्दै जिम्बेवार र जवाफदेहीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवदीकापेलिटव्यूरो सदस्य श्रीनाथ बरालले समाजवादी आन्दोलनको अगुवाइ गर्न नेकपा एकीकृत समाजवादीको पुनर्गठन गरिएको बताउनु भयो । समाजवादी प्रेस संगठन सम्वद्ध पत्रकारहरूले समाजको रूपान्तरण र समाजवाद प्राप्तिको आन्दोलनमा साथ दिन आग्रह गर्नुभयो ।
समाजवादी प्रेस संगठन कास्कीका उपाध्यक्ष जैनव खातुनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल, समाजवादी प्रेस सङ्गठनका संस्थापक नवराज सुवेदी, नेकपा एमाले कास्कीका उपाध्यक्ष पूर्ण लामा, समाजवादी प्रेस सङ्गठनका उपाध्यक्ष श्रीराम सिग्देल, केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, नव निर्वाचित अध्यक्ष रुद्र बहादुर थापा, सचिव भिम थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।