काठमाण्डौं चैत्र ५
पार्टी सुदृढीकरण अभियानअन्तर्गत नेकपा (एकिकृत समाजवादी) को जनवर्गीय संगठन नेपाल दलित मुुक्ति संगठनले सातै प्रदेश र ३ वटा जिल्लामा कमिटी विस्तार तथा पूनर्गठन गरी निर्वाचनमा परिचालन हुन निर्देशन दिएको छ ।
यस संगठनले हालसम्म ७ प्रदेशमा प्रदेश कमिटीहरु ५६ जिल्लामा जिल्ला कमिटी तथा सयभन्दा बढी गाउंपालिकाहरुमा आफ्नो संगठन विस्तार गरिसकेको छ ।
गत चैत्र ७ गते अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवशको अवसर पारेर कञ्चनपुरबाट आरम्भ भएको भेलाले चैत्र २२ गते ईटहरीमा प्रदेशसभाको भेला सम्पन्न गर्यो ।
सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा चैत्र ७ गते र कर्णालीको सुर्खेतमा चैत्र ९ गते पार्टी महासचिव डा.वेदुराम भुसालको प्रमुख आतिथ्यतामा प्रदेश सभाहरु सम्पन्न भए भने लुम्विनीको दाङमा चैत्र ११ गते गण्डकीको पोखरामा चैत्र १४ गते संगठनका अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य गणेश विश्वकर्माको प्रमुख आतिथ्यतामा वृहत भेलाहरु सम्पन्न भएका छन् । यसैगरी चैत्र १९ गते काठमाडौंको पार्टी कार्यालयमा पाटी स्थायी कमिटी सदस्य सावित्रा भुसालको प्रमुख आत्थ्यितामा भेला सम्पन्न भएको छ ।
प्रदेशका कार्यवाहक अध्यक्ष रमेश सुनारको अध्यक्षतामा भएको १३ जिल्लाबाट उपस्थित भएका दलितका अगुवा कार्यकर्ताहरुको भेलाले चितवनका कमिटीका अध्यक्ष तथा दलितका नेता कर्ण विश्वकर्माको अध्यक्षतामा ७५ जनाको प्रदेश कमिटी पूनर्गठन गरेको छ ।
यसैगरी चैत्र २० गते महोत्तरीको वर्दिवासमा पार्टीका केन्द्रीय उपाध्यक्ष धर्मनाथ शाहको प्रमुख आतिथ्यतामा मधेश प्रदेशका ८ वटै जिल्लाकाको अगुवा कार्यकर्ताहरु उपस्थिती भई मीन रहपालको अध्यक्षतामा बनेको संगठनलाई पुनर्गठन गरेको छ ।
कमरेड मीन रहपालको अध्यक्षतामा भएको उक्त प्रदेश कमिटी भेलाले पार्टी प्रदेश कमिटी सदस्य मीन रहपालकै अध्यक्षतामा १०१ जनाको संगठनको प्रदेश कमिटी विस्तार भएको छ ।
उक्त भेलामा २०३२/३३ सालमा पार्टी कोर्डिनेशन कमिटी (कोके) निर्माण हुँदा वखतका नेताहरुदेखि भूमिगत कालमा माधव नेपाल र मुकुन्द न्यौपानेसंगै भूमिगत रहेका नेताहरु समेतको उपस्थिती रहेको थियो ।
चैत्रको २२ गते प्रदेश कमिटी अध्यक्ष कृष्ण रसाइलीको अध्यक्षतामा प्रदेश एकको भेला ईटहरीमा सम्पन्न भएको छ ।
पार्टीका पोलिटब्युरो सदस्य तथा प्रदेशका कार्यावाहक अध्यक्ष धर्म निरौलाको प्रमुख आत्थ्यिता र संगठनका अध्यष गणेश विश्वकर्माको विशिष्ठ आतिथ्यतामा कृष्ण रसाइलीको नेतृत्वमा रहेको पुरानै कमिटीलाई पुनतार्जकी गररेको छ ।
यसैवीचमा खेममाया सिवाको नेतृत्वमा इलाम, हिरा विश्वकर्माको नेतृत्वमा सिन्धुली र नैन नेपालीको नेतृत्वमा उदयपुर जिल्ला कमिटी समेत गठन भएको छ ।
नगर र गाउँ जाऔं, एकिकृत समाजावादीलाई जिताऔं भन्ने नारालाई आत्मसात गर्दै २५ गतेभित्र जिल्ला भेला र ३० गते भित्र गाउँ तथा नगर कमिटी भेलाहरु गरीसक्ने र कार्यकर्ताहरु निर्वाचनमा परिचालन हुन संगठनले सवैलाई निर्देशन जारी गरेको छ ।