पर्वत बैसाख ३
पर्वतको कुश्मा नगरपालिकाका वडाहरुमा नेकपा एकीकृत समाजवादीको संगठन बिस्तार अभियानले तिव्रता पाएको छ । शनिबार कुश्मा बजार भित्रका ३ वटा वडाहरुमा वडा कमिटी गठन भएको हो ।
कुस्मा नगरपालिका वडा नंं. ५ मा गौतम श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटिको गठन गरिएको छ भने वडा नं. ६ मा धर्मराज गुरुङको अध्यक्षतामा ९ सदस्यीय कमिटि गठन भएको छ । त्यसैगरि वडा नं. ७ मा भोलानाथ भुसालको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटिको गठन गरिएको नेकपा एकीकृत समाजवादी पर्वतका सदस्य साजन श्रेष्ठले जानकारी दिनुभयो ।
वड नं. ५ मा गठित कमिटीको उपाध्यक्षमा नारायणप्रसाद अधिकारी र मोमजन सेठ सचिवमा सिर्जना श्रेष्ठ, उपसचिवमा मोहमद हफिज र अर्जुन श्रेष्ठ रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा देवी श्रेष्ठ, कमल श्रेष्ठ, पूर्ण क्षेत्री, रेशम बि.क., साजन परियार, सहदिन मिया, जबिउल्ला मिया, अमिन मिया, हमिद अलि, अमिर अली, रत्न कुमारी श्रेष्ठ रहनुभएको छ ।
यसैगरि बसन्ती श्रेष्ठ, बिष्णु श्रेष्ठ, मिना श्रेष्ठ, जुलिमा बेगम र स्नेहा श्रेष्ठ रहनुभएको छ । यसैगरि भेलाले मनिष श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय युवा संघ वडा कमिटीको समेत गठन गरेको छ ।
३ वटै भेलालाई सम्बोधन गर्दैै नेकपा एकीकृत समाजवादी पर्वतका अध्यक्ष मोतीप्रसाद पौडेलले नेकपा एकीकृत समाजवादी जनताको बीचमा लोकप्रिय हुँदै गएकाले संगठनमा आवद्ध हुने सदस्यहरुको संख्या बढ्दै गएको बताउनुभयो ।
उहाँले केपी ओलीले दुई तिहाई जनमतको उपेक्षा गर्दै संबिधान र लोकतन्त्र मास्ने काम गरेकाले त्यसको विरुद्धमा बिद्रोह गरेर जानुपरेको बताउँदै अलमलिएर बसेका कार्यकर्ताहरुलाई नेकपा एकीकृत समाजवादीमा समाहित हुन आग्रह गर्नुभयो ।
कार्यक्रमा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य प्रेम गुरुङले नेकपा एस उत्पीडित, शोषित एवम् सीमान्तकृतहरुको पार्टी भएकाले मजदुर एवम् किसानहरु एकजुट भएर नेकपा एसमा आउन आग्रह गर्नुभयो ।