काठमाडौं बैशाख ३
नेकपा (एकीकृत समाजवादी)को बारा–काठमाडौं सम्पर्क मंच गठन भएको छ । काठमान्डौमा शनिवार बसेको बैठकले नेकपा एकीकृत समाजवादीको बारा-काठमाडौं सम्पर्क मंच गठन गरेको हो ।
भेलाले दिनेश खडकाको अध्यक्षतामा नेकपा एकीकृत समाजवादीको बारा–काठमाडौं सम्पर्क मंच गठन गरिएको केन्द्रीय सदस्य चमिना भटराईले जानकारी गराउनु भयो ।
मंचको उपाध्यक्षमा रबि बमजन सचिवमा सोनालाल यादव, उपसचिवमा रबिशंकर प्रसाद यादव र अजिन आलम अंसारी, कोषाध्यक्षमा मिरा थापा उप्रेती रहेको जानकारी गराउनु भएको छ ।
सदस्यहरुमा सुनिता रिमाल, फिरोज अंसारी, विरेन्द्र चौधरी, तिर्थराज उप्रेती, राधा बुढाथोकी, आर्दश अधिकारी, निसान खनाल, रमेश लामिछाने, नविन रिजाल, सिहप्रताप बस्नेत, अजाद अंसारी, जाकिर अंसारी, सुनिल तमाङ्ग, महमद असमर अलि र फिरोज अंसारी लगायतको रहनु भएको छ ।
कार्यक्रममा डा द्धारिका उप्रेती, अनिल भण्डारी, कमला अधिकारी लगायतको बाराका काठमान्डौमा बस्ने नेकपा एस सम्वत युवाहरुको सहभागिता रहेको थियो ।