नुवाकोट बैशाख ३
नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटी सचिवालय बैठकले नजिकिँदै गरेको स्थानियतहको निर्वाचनलाई आवश्यक एक हजार निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ।
पूर्व सासंद तथा नेकपा एकीकृत समाजवादीका इन्चार्ज राजेन्द्र प्रकाश लोहनीले बैठकलाइ सम्वोदन गर्दै नुवाकोटका पार्टी अध्यक्ष गोबिन्द नेपालीको संयोजक रहने गरि एक हजार जनाको निर्वाचन परिचालन कमिटी बनाएको जानकारी दिनु भयो।
उहाँको अनुसार सोहि बैठकले ५ सदस्यीय रहने गरी अनुशासन कमिटी समेत बनाएको छ। जस मध्ये संयोजकमा रामकुमार बस्नेत रहनु भएको छ भने सदस्यहरुमा राम्मणी अधिकारी,सन्तोष थापा,सुजना खतिवडा र मेघ राज लामिछाने रहनु भएको छ ।
बैठकले एकीकृत समाजवादी नुवाकोटका नेता तथा विदुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राजु सडौलालाई प्रदेश कमिटी सदस्यमा सिफारिस गरिएको नेकपा एसका सचिव पदम उप्रेतीले जानकारी दिनुभयो।
उहाँले सोहि बैठकले ५ जनालाई जिल्ला कमिटी सदस्य समेत मनोनयन गरेको छ।
जस मध्ये ,शिबपुरी वाट राम बि.क,संगिता मोक्तान,बेलकोटगढी वाट श्रिराम पाण्डे ,गणेश लोहनी र बहादुर सिङ तामाङ रहेको बताउनु भयो।
बैठकले नेकपा एकीकृत समाजवादी पार्टीले स्थानियतहको निर्वाचन लाई आफनो पार्टीको तर्फवाट उम्मेदवारी समेत घोषणा गरेको छ। विदुर नगरपालिकाको मेयरमा विदुर नगरपालिका(६ का वडा अध्यक्ष राजु सडौला, नेकपा एकीकृत समाजवादीका पार्टी उपसचिव उद्वव पनेरु र पार्टीका आर्थिक बिभाग प्रमुख रामकृष्णराज भण्डारीलाई सिफारिस गरेको छ।
त्यसै गरि उपमेयरमा समाजवादी प्रेस संगठन नुवाकोटकी अध्यक्ष तथा नेकपा एसकी जिल्ला कमिटी सचिवालय सदस्य युवा नेतृ जमुना गजुरेल र जिल्ला कमिटी सदस्य धनकुमारी रिजाल लाई सिफारिस गरेको हो।
त्यसैगरी,शिवपुरी गाँउपालिकाको अध्यक्षमा पदम उप्रेती,तादी गाँउपालिकाको अध्यक्षमा केपी लामिछाने लाई घोषणा गरेको छ। बेलकोटगढी नपा,तारकेश्वर गापा, सुर्यगढी गापा, पन्चकन्या गापा, लिखुँ गापामाको समेत आज उम्मेदवारी घोषणा गरेको हो। उम्मेदवारहरुको नाम भने सम्बन्धित पालिकाको सबैतहको वडा कमिटी र गाँउपालिका अध्यक्ष र इन्चार्जले छलफल गरी पछि उम्मेदवारहरुको नामसहित घोषणा दिने बैठकले जानकारी दिएको हो।
नेकपा एसका नेताहरुले आजको बैठकमा आ आफनो धारणा राख्दै हिजो एमालेलाई जिताउने सिङ्गो टिम हाल एकीकृत समाजवादीमा रहेको हुदाँ आफनो माग दरिलो हुने बताइएको छ ।