काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ ।
आज बिहान बसेको बैठकले शर्तसहित विश्वासको मत दिने दिने र प्रतिपक्षमा रहने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
‘बैठकले शर्तसहित समर्थन गर्ने भन्ने निर्णय गरेको छ । अहिले हाम्रो पार्टीको तर्फबाट विश्वासको मत दिइन्छ ’ राष्ट्रियता, सुशासन देशको बिग्रिँदै गएको अर्थतन्त्र र सुधारका लागि उपर्युक्त राष्ट्रिय स्वाभिमान, सार्वभौम सत्ता, आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील विषयमा सरकारले आवश्यक काम गर्नुपर्ने सहित राष्ट्रिय महत्वका विषयहरू आफ्ना एजेण्डाहरू रहेको खतिवडाले बताउनु भयो । ती एजेण्डाहरु पूरा नगरे कुनैपनि बेलामा त्यहाँबाट फर्किनसक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भुमिका निर्वाह गर्ने निर्णय छ ।
राष्ट्रियता, सुशासन देशको बिग्रिँदै गएको अर्थतन्त्र, आदि धेरै जस्ता विषयहरुमा यसका सुधारका लागि उपयुक्त राष्ट्रिय स्वाभिमान, सार्वभौम सत्ता, आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील अथवा महत्वपूर्ण विषयहरुमा पार्टी अध्यक्षले, दलको नेताले बैठकमा, संसदमा आफ्ना विचार राख्नुहुनेछ, त्यसकै आधारमा आफ्ना धारणा बनाउँछौँ ।’
प्रचार विभाग प्रमुख खतिवडाले दलका नेता एवं पार्टी अध्यक्ष माधवकुमार नेपालले संसदमा राखेका धारणाका आधारमा पार्टीले आफ्नो धारणा बनाउने पनि बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले आजको संसद् बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।