काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधव कुमार नेपालले अहिलेको अवस्थामा सरकारमा सहभागी नहुने बताउनु भएको छ।
नेपाल नेवा राष्ट्रिय संघ समाजवादीको प्रथम अधिवेशनको भक्तपुरमा आयोजित कार्यक्रमलाई शनिवार बिहानउद्घाटन गर्दै अध्यक्ष नेपालले अबको ५ वर्ष पार्टी निर्माणमा लाग्नुपर्ने र सरकार सत्ताको लागि मात्र मरिहत्ते गर्नु नगर्ने बताउनु भएको हो ।
नेपालीकाङ्ग्रेससँगको गठबन्धन टुटेर नयाँ राजनैतिकसमीकरण बनेपछि बसेको पार्टीको स्थायी कमिटी र पोलिटब्युरो बैठकबाट सरकारमा अहिले नै सहभागी हुने निर्णय भइनसकेको भन्दै अध्यक्ष नेपालले हामीले देशभरका जिल्ला अध्यक्ष र ईन्चार्जहरुसंगजुम मिटिङ गरेका थियौं । त्यस मिटिङमा साथिहरुले सरकारमा जान हतार गर्नु भन्दा पनि पार्टी निर्माणकार्यमा लाग्नु पर्ने सुझाव दिएको अध्यक्ष नेपालको भनाइ थियो ।
पुस २६ गते प्रधानमन्त्रीले लिने विश्वासको मत दिने कि नदिने सरकारको नीति तथा कार्यक्रमका आधारमा निर्णय गरिने भन्दै अध्यक्ष नेपालले वामपन्थीहरूको मोर्चा बनाउन विभिन्न पार्टी र नेताहरुसँग छलफल चलिरहेको बताउनु भयो ।
हामी मोर्चा बनाएर जाँदा बलियो हुने छौ । त्यस पछि कसलाई र कुन पार्टीलाई समर्थन गरेर अगाडि बढ्ने सोच्न सकिने खुलासा गर्नु भयो ।
नेकपा ( एकीकृत समाजवादी) केन्द्रीय सचिव नागेन्द्र चौधरी, नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)का अध्यक्ष पासाङ शेर्पा, नेकपा (एकीकृत समाजवादी) काठमाडौंका नेता बसन्त मानन्धर, जानुका श्रेष्ठ, डा. राजेन्द्रमान श्रेष्ठ,नेकपा (एकीकृत समाजवादी) भक्तपुर सह इन्चार्ज भवानी खड्का लगायतले आ-आफ्नो मन्तव्य राख्नुहुँदै नेपाल नेवा राष्ट्रिय संघ समाजवादीको अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सभापतित्व माइलाबाबु देउलाको सभापतित्वमा भएको थियो।