काठमाण्डौं चैत ३०
एकीकृत ट्रेड युनियन महासंघ नेपालका संरक्षक एवं नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले मजदुर बिरोधि गतिविधिमा संलग्न जिफन्टलाई सुधार्न नसके पछि बिद्रोह गरेर नयाँ महासंघ बनाउनुपरेको बताउनुभयो ।
एकीकृत ट्रेड युनियन महासंघ नेपाल बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले गैर मजदुरहरू हावी भएको संस्थाले मजदुरलाई नेतृत्व बाट हटाउने कामको थालनी गरेपछि सबै घटकका श्रमिक नेतृत्वहरू मिलेर नयाँ संगठन निर्माण गर्नुपरेको बताउनुभयो । श्रमिकको समस्या बुझेर काम गर्दै अगाडि बढ्नुपर्ने धारणा उहाँको थियो ।
कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा सम्पन्न भेलालाई महासंघका महासचिव दिपक पौडेल र अध्यक्ष बिष्णु लम्सालले सम्बोधन गर्नुभएको थियो ।
बुधबार सम्पन्न भेलाले गोविन्द अर्यालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा माधव बञ्जरा, सचिवमा प्रदिप श्रेष्ठ , सहसचिवमा देवी मैनाली रहनु भएको छ भने समितिको सदस्यहरूमा शिव केसी , बिष्णु केसी , टीका जिसी, इश्वरी कडेल, इन्द्र न्यौपाने , मणि पाठक , नारायण अधिकारी , अनिता आचार्य , सूर्य किरण, नन्दु महतो, बिष्णु लामिछानेगुरूङ, कृष्णशरण लामिछाने , रमेश चौलागाईं , नारायण नेपाल , ज्ञानबहादुर तामाङ , रामबहादुर बिक र कुमार पुरी सर्वसम्मत चयन हुनुभएको छ ।