काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक आज दोस्रो दिन पनि बस्दै छ । बैठक बिहान ११ बजे बाट बस्दै छ ।
सोमबारबाट सुरु भएको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम आज पनि जारी रहने छ । हिजोको बैठकमा समसामयिक राजनीतिक परिस्थिति बारे छलफल भएको र छलफलमा उमेश डाँगी, डा .कृष्ण पन्त, कृष्णप्रसाद सापकोटा, गंगाप्रसाद नेपाल, गणेश वि.क, गुरु बुर्लाकोटी, गोपाल बराल, चिरञ्जीवीप्रसाद आचार्य, टहलबहादुर खड्का, दिनेशकुमार राई, दिलकुमारी पन्त, डा .देउमान सम्बाहम्फेले धारणा राख्नु भयो ।
यस्तै देवशंकर पौडेल, धर्मनाथ निरौला, नीरादेवी जैरु, परमानन्द भट्ट, प्रतावलाल श्रेष्ठ, प्रभा बज्रचार्य, प्रेम नारायण पौडेल, प्रेमलकुमार खनाल, बलदेव चौधरी, भवानी खापुब, भाष्कर काफ्ले, महेश रेग्मी, मेटमणि चौधरी, मो.महफुज आलम, राजन राई, राजेन्द्र लोहनी, रामकुमार भट्टराई, रामकुमार ज्ञवाली सहित ३० जना नेताहरुले धारणा राख्नु भएको महासचिव डा. वेदुराम भुसालले बताउनु भयो ।
बैठकले केही दिन अगाडि हाम्रो पार्टी केन्द्रीय सल्लाहकार परिषद्का सदस्य केशरमणि पोखरेल, पार्टी केन्द्रीय कमिटी सदस्य तथा अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसाल, पार्टी पोलिटब्युरो सदस्य प्रेम आलेकी ममतामयी आमा गंगादेवी आले, पार्टी केन्द्रीय कमिटी सदस्य लक्ष्मी देवी चौधरीको सासु दुर्गादेवी बिडारीको दुःखद निधन भएकोमा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ ।