काभ्रेपलान्चोक । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले किसानलाई दिँदै आएको अनुदान रोकिन नहुने बताउनुभएको छ ।
दसौं राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा काभ्रेको रोशि गाउँपालिकामा गरिएको समापन कार्यक्रमलाई सम्बोधन गर्दैन प्रमुख तथा तथा नेकपा ( एकीकृत समाजवादी ) काभ्रेका उपाध्यक्ष गौतमले उक्त कुरा बताउनुभएको हो । किसानलाई दिने अनुदान रकमको विरोध हुदै आएको छ । यो सबै सुकिला मुकिला र झोलामा कृषि फर्म बोकेर हिड्नेले गर्दा यसको दुरुपयोग भएको हो ।
उहाँको भन्नुभयो - यहाँ वास्तविक किसानले अनुदान पाएका छैनन् , तर पहुँचवालाले नक्कली काम गरेर किसानलाई पीडित बनाएका उदाहरण धेरै छन्। पोल्ट्री व्यवसाय जोखिमपूर्ण व्यवसाय भएको बताउँदै आगामी दिनमा कुखुराको पनि बिमा गरि व्यवसायलाई सुरक्षित गर्न आवश्यक रहेको प्रमुख गौतमको धारणा थियो । यहाँ सबैखाले कृषि व्यवसायको बिमा भइरहेको छ तर जसले मासु र अण्डाको मागलाई पर्ति गरिरहेको छ त्यस व्यवसायलाई सुरक्षित गर्न कुनै क्षेत्रबाट पनि विषेश पहल कदम नभएकोमा दुखेसो व्यक्त गर्नु भयो ।
कुनै समय आफू पनि कृषक नै रहेको उदाहरण दिदै प्रमुख गौतमले मासुको मूल्य बढाउन पहल गर्ने र कृषका समस्या के छन अवगत गराउन आग्रह गर्नु भएको छ । म समस्या सुन्ने ठाउमा छु । मैले माथिल्लो निकायमा जानकारी गराउनु पर्छ र गराउने छु । अबका दिनमा उत्पादन र लागतको आधारमा अनुदान दिनु लगाउनु पर्ने कुरामा हाम्रो ध्यानाकर्षण हुने छ ( प्रमुख गौतमले भन्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले काभ्रे जिल्ला कृषिमा आत्मनिर्भर जिल्ला रहेको भन्दै यसले उपत्यकाको माग पनि पूरा गरेकोमा खुशी व्यक्त गर्नु भयो । यहाँका स्थानीय तहले कृषिमा दिएको प्राथमिकता प्रशंसायोग्य भएको बताउँदै अझै आफ्नो पालिकालाई व्यवसायमुखी बनाउन सुझाव दिनु भयो ।
यस्तै रोशि गाउँपालिका अध्यक्ष दिनेश लामाले नाराले मात्र समृद्धि नआउने बताउनु भयो । नारालाई जस्तै युवा जनशक्ति र लगानीकर्तालाई आकर्षित गर्न सके मात्र समृद्ध रोशि बनाउन सकिने उहाँको भनाइ थियो । कार्यक्रममा पोल्ट्री व्यवसायी महासङ्घका सल्लाहकार ईश्वर शर्मा , व्यवसायी रविन्द्र सिपखान , नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना , गाउँपालिका उपाध्यक्ष लगायत अतिथिहरूले आ आफ्ना धारण राख्नु भएको थियो ।