रौतहट । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधव कुमार नेपालद्वारा रौतहट जिल्लाका क्षेत्र नं. १ अन्तर्गतका ७ वटा स्थानीयनिकायहरूलाई स्वास्थ्य उपकरणहरु हस्तान्तरण गर्नु भएको छ । पूर्व प्रधानमन्त्री नेपालले रौतहटका गौर नगरपालिका, राजदेवी नगरपालिका यमुनामाई गाउँपालिका, दुर्गाभगवाती गाउँपालिका, माधवनरायण नगरपालिका, गढ़ीमाई नगरपालिका ,र गरुडानगरपलिकालार्ई एक एक थान भिडियो अल्ट्रा साउन्ड हस्तान्तरण गर्नुभएको हो ।
प्रति गोटा १५ लाख ६५ हजार ९६ रुपैयाँ ३३ पैसा मुल्य का सामाग्रीहरू एक करोड नौ लाख पच्पन्न हजार छ शय चौहत्तर रुपैयाँ एकतिस पैसा मूल्यबराबरका सामाग्रीहरु हस्तान्तरण भएका हुन् । हस्तान्तरित सामाग्रीले त्यस क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग प्रदान गर्ने बताईएको छ ।
हस्तान्तरण गरिएको उपकरण सानो भिडियो एक्स रे भएको र यसको कार्टुन भित्र ट्यावलेट आकारको एक्सरे सहित मनिटर एक थान, प्रिन्ट एक थान , प्रोव एक थान भएको र यो भिडियो एक्स रे मेसिन झोलामा बोकेर प्रत्येक वडाको स्वास्थ्य चौकीमा पुगेर सेवा प्रदान गर्न सकिने खालको भएको बताईएको छ । यो मेसिनविशेष गरि गर्भवती महिलाहरु लाई लक्षित गरेर बनाईएको भए पनि अन्य बिरामीको लाई पनि प्रयोग गर्न सकिने स्वास्थ्यकर्मी सुरेन्द्र ठाकुरले बताउनु भयो ।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सकिए लगत्तै रौतहट छेत्र न. १ को प्रतिनिधि सभा सदस्यको रुपमा निर्वाचित पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष नेपालले स्वास्थ्य ,शिक्षा तथा विभिन्न क्षेत्रमा चौतर्फी विकासमा समुदायको आवश्यकतालाई महसुस गर्दै सहयोग सुरुवात गर्नुभएको हो ।
उक्त कार्यक्रममा पलिका प्रमुख उपप्रमुख ,प्रमुख प्रकाशकीयअधिकृतहरु र क्षेत्र न. क का प्रदेश सभा सदस्य नागेंद्र शाह र ख का प्रदेश सभा सदस्य कृष्णा यादव तथा एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालको मधेस प्रदेश अध्यक्ष एवम् स्वास्थ्य मन्त्रालयमा कार्यरत श्री सुरेन्द्र ठाकुरको उपस्तिथि रहेको थियो ।