काठमाडौं । नेपाल दलित मुक्ति संगठनका केन्द्रीय अध्यक्ष गणेश विश्वकर्माले दलित आन्दोलनको पुनगर्ठन तथा पुनर्जागरण अभियानमा लामबद्ध हुन आव्हान गर्नुभएको छ । नेपाल दलित मुक्ति संगठनको ३५ औं स्थापना दिवसको सन्दर्भमा एक प्रेस विज्ञप्ति मार्फत शुभकामनादिँदै विश्वकर्माले आजको दिनमा श्रद्धेय संस्थापकहरु र देशभरि संगठीत हुनु भएका सहयोद्धा कमरेडहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौँ । यस अभियानमा सहभागी हुन सबैमा आव्हान गर्न चाहन्छौँ भन्नु भएको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ हामी राजनीतिमा जनवादको युग समाप्त गरेर समाजवादको युगमा प्रवेश गरेका छौं । त्यसैले हामी विचारधाराको पुननिर्माण तथा पुनर्जागरणको अभियानमा केन्द्रित भएका छौं । आजको दिनमा नेपालको सन्दर्भमा श्रमिक वर्ग र दलित समुदायको प्रतिनिधित्व गर्ने सही पार्टी निर्माण अनिवार्य पक्ष बनेको छ । नेपाली दलित आन्दोलनमा व्याप्त व्यक्तिवादी अहङ्कारवाद, दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद, चरम गुटबन्दी र स्वेच्छाचारी प्रवृत्तिका विरुद्ध तिखो वैचारिक सङ्घर्ष स्वरुप संगठन पुनगर्ठन तथा पुनजार्गरणको राष्ट्रव्यापी अभियानमा जुट्नुपर्दछ । यो कामका लागि हाम्रो पार्टी नेकपा ( एकीकृतसमाजवादी ) ले अँगालेको सिद्धान्त, विचार, नीति र दृष्टिकोणको जगमा नेपाली कम्युनिष्ट आन्दोलनको पुनगर्ठन तथा रुपान्तरणको अभियान अगाडि बढाउने र समाजवादको झन्डालाई अझ माथि उठाउने महान अभियानमा दृढ विश्वासका साथ जुटौँ ।
नेपालको दलित मुक्ति आन्दोलनमा उत्पीडित जातीय उत्थान (उजाउ)मंचको गठन एक ऐतिहासिक परिघटना थियो । उजाउ मंचतत्कालिन नेकपा (माले) को राजनीतिक तथा विचारधारात्मक सिद्धान्तलाई स्वीकार गर्ने गरी २०४५ सालमा भातृ संगठनको रुपमा स्थापना गरिएको थियो । यही संगठन २०४६ को ऐतिहासिक जनआन्दोलनमा दलित आन्दोलनको नेता संगठनको रुपमा सहभागी हुने पहिलो दलित संगठन थियो ।
ऐतिहासिक जनआन्दोलन २०४६ को परिवर्तन पश्चात दलित जनविकास परिषद र जातीय समता समाजको एक समूहका बीचमा एकता गर्दै नेपाल उत्पीडित दलित जातीय मुक्ति समाजको स्थापना भयो । जसलाई समग्र दलितहरुको हकअधिकारको संरक्षणका लागि राजनीतिक दलबाट पृथक राखिएको थियो ।
२०५४ मा तत्कालीन नेकपा एमालेमा भएको विभाजनपछि दलित शब्द हटाएर नेपाल उत्पीडित जातीय मुक्ति समाजलाई एमालेको भातृ संगठन बनाइयो । पुनः २०७२ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा (नेकपा) बनेपछि मुक्ति समाज नेपाल र दलित मुक्ति मोर्चाबीच एकता भई नेपाल दलित मुक्ति संगठन बनेको थियो । पुनः नेकपा (नेकपा) बीच एकता भंग भएपछि अलग अलग संगठन बनेपनि यही बीचमा एमालेको पुनःगर्ठन तथा रुपान्तरणको मुद्दासहित पुनगर्ठन भएको नेकपा (एकीकृतसमाजवादी) को विचार र सिद्धान्तलाई स्वीकार गर्ने गरी एकताको बखत रहेको नेपाल दलित मुक्ति संगठनलाई नै पुनगर्ठन गरिएको हो । आज नेपाल दलित मुक्ति संगठन ३५ औं स्थापना दिवस मनाइरहेको सगौरव अवगत गराउँदछौं । भनिएको छ ।